बलिउड अभिनेत्री प्रियंका चोपडाले यो पटकको आफ्नो जन्मदिन प्रेमी निक जोनसकासाथ मनाएकी छन् । उनले ३६औं जन्मदिन प्रेमी निकसँग लण्डनमा मनाएकी हुन् ।

प्रियंकाको हालै सार्वजनिक एक तस्बिरमाउनी र निक एक रेष्टुरेन्टबाट बाहिर निस्किदै गरेको देख्न सकिन्छ । प्रियंकाको जन्मदिन सेलिब्रेसनमा निक मात्र होइन उनका परिवारको पनि सहभागिता रहेको केही मिडियाले अनुमान समेत गरेका छन् ।

प्रियंकाले निक र आफू नजिकको साथीरहेको बताएपनि उनीहरूको अफेयर चलिरहेको भन्नेकुरा हरपल उनीहरू साथमा रहनुले पनि बुझ्न सकिन्छ । तेस्रो हलिउड चलचित्र ‘इजन्ट इट रोमान्टिक’ सुटिङ सकेर निकका साथ समय बिताउन उनी लण्डन पुगेकी भन्ने समाचारहरू आइरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय