बलिउड अभिनेता शारुख खानकी पत्नी गौरी खान सेलिब्रेटी इन्टेरियर डिजाइनर हुन् । अहिले उनले गरेको एक रेस्टुरेन्टको डिजाइनलाई लिएर निकै चर्चा भइरहेको छ । उनले भारतको पुणेमा हालै एक रेस्टुरेन्टको डिजाइन गरेकी थिइन् ।
गौरीले ट्विटर ह्यान्डलमा आफ्नो डिजाइनका केही तस्बिर सार्वजनिक गरेकी थिइन् । जसलाई सामाजिक सञ्जाल प्रयोगकर्ताले खुबै रुचाए । थप रोचक कुरा त के छ भने उनले करण जौहर, रणवीर कपुर र वरुण धवनसहित केही स्टारहरूको घर पनि सजाइसकेकी छिन् ।
योभन्दा पहिले उनले बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिजको घर सजाइदिएकी थिइन् । अचेल गौरी खान छोरी सुहानाका साथमा अमेरिकामा छुट्टी मनाइरहेकी छिन् । अमेरिकामै शाहरुख खान आफ्नो फिल्म ‘जिरो’को सुटिङमा व्यस्त छन् । गौरी र सुहाना भने लगातारजसो सामाजिक सञ्जालमा तस्बिर सार्वजनिक गरिरहेका हुन्छन् ।



