काठमाडौं । चलचित्र कथा काठमाडौंको गीत रिलिज भएको केही दिन मात्र भएको छ । तर, यो गीतको चर्चा भने उचाइमा पुगेको छ । यो गीत शब्द र संगीतका कारण भन्दा त्यसको भिडियोमा देखाइएको दृश्यले गर्दा चर्चामा आएको हो। यो गीत सम्बन्धि विवाद सामाजिक संजालमा अझ बढी देख्न सकिन्छ।

उक्त दृश्यमा अभिनय गरेका कलाकार प्रमोद अग्रहरीले चलचित्रको कथा अनुसार त्यो सिन गरिएको र एउटा कलाकारको हैसियतले पात्रमाथी न्याय गर्नु आफ्नो कर्तव्य रहेको बताएका छन्।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

उनले उक्त म्युजिक भिडियोमा सुरु देखि देखाइएका दृश्यले विभिन्न कथा बोलेकोले त्यो भिडियोलाई केलाएर हेर्न सक्ने व्यक्तिले त्यो दृश्यको आलोचना नगर्ने तर अरु कथालाई ध्यान नदिएर त्यही दृश्यमा मात्र केन्द्रित हुनेहरुले त्यसको आलोचना गर्ने बताएका छन्।

चलचित्रमा काठमाडौंमा यौन र दुर्व्यसनमा फसेका युवायुवतीको कथा देखाइएकोले त्यो दृश्य देखाउनु स्वाभाविक भएको धारणा राखेका छन्। उनले काठमाडौंका त्यस्ता घटनाहरुलाई, त्यस्ता मुद्दाहरुलाई चलचित्रले उठान गरेकोले आफूले त्यो दृश्य दिन तयार भएको बताउंदै त्यस्ता मुद्दा संग सम्बन्धित अरु चलचित्रमा पनि दृश्य दिनु परेमा आफूलाई आपत्ति नहुने बताएका छन्।

उनले उक्त चलचित्रमा प्रियंका कार्की र आफ्नो नभई चलचित्रका पात्रको कथा देखाइएकोले प्रियंकामाथी गाली तथा नराम्रा शब्द नबोल्न अनुरोध गरेका छन्।

https://youtu.be/ojoDJDZE_aE