४० बर्ष अघि जतिबेला देशमा स्व. राजा श्री ५ बिरेन्द्रबिक्रम शाह थिए उक्त बेलाको एक साझको कथामा आधारित काजीको घोडा बोल रहेको एक गीतको म्युजिक भिडियो हालै सार्वजनिक भएको छ ।

लामो समय देखि अस्ट्रेलियामा कर्मभूमि बनाउदै आएका झापा दमकका डा. रामकृष्ण निरौलाको सुमधुर आवाजमा रहेको गीतलाई युटुव मार्फत बाहिर ल्याईएको हो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

फरक शैली, उत्कृस्ट शब्द चयन, नौलो आवाज र निक्कै मेहनतमा पुरानै शैलीमा तयार गरिएको गीतको भिडियोले गीत संगीत पारखीहरुलाई नयाँ स्वाद दिने निर्माण टिमले बताएको छ ।

बिकाश इन्टरटेटमेन्टले बजारमा ल्याएको गीतको भिडियोमा चर्चित टिम भिमफेदी गाइजको प्रस्तुति रहेको छ भने नायिका स्वस्तिमा खड्का, जुना सुन्दास, संजु शाह लगायतले साथ दिएका छन् ।

भुवन शिवाकोटीको शब्द र आरसी थापाको संगीतमा गीतको भिडियोलाई बिकाश सुबेदीले निर्देशन गरेका छन् ।

हेर्नुहोस उक्त फरक शैली रहेको गीतको यो भिडियो

https://youtu.be/ykPasrifJiw