राजेश प्रसाईं`बिद्रोही´
लामो समयबाट गीत लेखनमा ख्याती प्राप्त गर्दै अाएका चर्चित गीतकार किरण के उप्रेतीद्धारा रचित तिम्रो दिलको चारै तिर काँडे तारले बार्यो भन्ने अाधुनिक गीत फेरि सम्पुर्ण संगित प्रेमीहरूको साथमा लोक प्रिय बन्दै गएको छ ।भिडियो बिहिबार युटुब मार्फत सार्वजनिक गरेका छन ।
सानै उमेर देखि नै रेडियोबाट प्रसारित गीत सुन्ने लत बसि सकेका किरण पछिल्लो समयमा अाएर अाज चर्चित गीतकार नै बन्न सफल भए बिदेशी भूमिबाट लेखनमा अाफू घर परिवारको माया ममताबाट बन्चित बन्दै गएको अवस्थामा उनलाई पीडा शब्दमा पोख्ने रुचि बढ्यो हो त्यही मिहिनेतले अाज अाएर उनी सफल गीतकार बन्न सफल बने ।नेपाली महिलाहरूको माहान पर्व तिजको अवसरलाई लक्षित गर्दै निकालिएको एल्बम स्वामी ज्यूको लगतै अर्को अाधुनिक गीत तिम्रो दिलको चारै तिर काँडेतारले बार्यो सार्वजनिक गर्न सफल बनेका छन । एल्बम कविता राखेको म्यूजिक भिडियो हो ।उप्रेतीले अाज सम्ममा तीन दर्जन भन्दा बढी गीत सार्वजनिक भई सकेका छन् भने एक दर्जन जति साथमै सम्पादन गरि रहेका छन् ।
उक्त गीतमा स्वरकी धनी स्रोताकी प्रिय गायिका कविता विमली (सिवाकोटी)को सुमधुर स्वर रहेको छ भने संगीत/एरेन्ज:-पुस्कर सुनुवारले गरेका छन् । नारायण घिमिरे/शितल गिरीले अभिनय गरेको हो । सम्पादन सन्दिप मोतिईको रहेको गीतमा क्यामेरामा पनि सन्देश मोतिईकै समूह सामेल भएको थियो । म्यूजिक भिडियोको निर्देशन बिक्रम दाहालको रहेको MUA भने प्रतिमा को रहेको छ ।



