प्रकाश योगी/ काठमाडौ हिन्दु नारी हरु को महान पर्व तिज को अबशर पारी कलाकार हरु ले तिज गीत बजार मा एक पछि अर्को गर्दै सार्बजनिक को क्रम तिब्र छ । यसै क्रम मा चर्चित लोक तथा दोहोरी गायक प्रकाश कटुवाल ले पनि आफ्नै ब्यक्तिगत युट्युब च्यानल मार्फत रातो लाली बोल को तिज गित सार्बजनिक गरेका छन झन्डै १०० भन्दा बडी तीज गीत मा स्वर भरी सकेका गायक कटुवाल ले यो बर्ष भने मात्रै २ गीत मा स्वर भरेका छन ।
पछिल्लो समय मा गायक कटुवाल र गायिका तथा मोडेल सिर्जु अधिकारी को गायन जोडि लाई सफल जोडि का रुप मा हेर्ने गरिएको छ । कटुवाल र अधिकारी ले संयुक्त रुप मा सहकार्य गरेका यस अघि का गीत हरु लाली लगाउ मायालु , छेकेन जामा ले निकै चर्चा मा छन यो बर्ष को तिज गीत रातो लाली मा प्रकाश कटुवाल र सिर्जु अधिकारी को स्वर शब्द सृजना बिनोद ढकाल गायक कटुवाल को लय सृजना रहेको उक्त गीत मा स्मृति तिमिल्सिना को निर्देशन रहेको छ कमेडी अभिनय मा गायक कटुवाल मोडेल तथा गायिका अधिकारी, धर्मेन्द्र मुस्कान के सी ,र सन्ध्या बुढा (काउलिबुढी ) को गीत मा कमेडी अभिनय हेर्न सकिन्छ ।
प्रकाश धमला को सम्पादन रहेको उक्त म्युजिक भिडियो लाई स्मृति म्युजिक प्रा.ली ले बजार ब्यबस्थापन गरेको छ ।
https://youtu.be/bA2hiY1AeNc



