बलिउड अभिनेत्री प्रियंका चोपडा निक जोनससँग उनको सम्बन्धलाई लिएर चर्चा छ । प्रियंका र निक पछिल्लो केही समयदेखि साथसाथै देखिँदै आएका छन् ।

उनको रिलेशनशिप या इन्गेजमेन्टलाई लिएर प्रियंकासँग प्रश्न गरियो भने उनी यस विषयमा कुनै प्रतिक्रिया दिने गर्दिनन् ।

हालसालै एक प्रेस कन्फरेन्सका क्रममा पुन यही विषयमा प्रश्न गर्दा उनी रिसाएकी थिन् ।

त्यसक्रममा उनले आफ्नो नीजि मामला भएका कारण यस बारेमा भन्न आफूू बाध्य नभएको बताएका थिए ।

तर प्रियंका र विपरीत जब निकसँग यस बारे कुरा हुँदा उनले भने प्रतिक्रिया दिएका छन् ।

मिडिया रिपोर्टहरुका अनुसार एक पत्रकारले निकलाई प्रियंकासँग उनको इन्गेजमेन्टका लागि शुभकामना दिएका थिए । त्यसक्रममा निकले उनलाई धन्यवाद भन्दै उत्तर दिएका थिए र अप्रत्यक्ष रुपमा सहमति मानिएको छ ।

निकले पत्रकारसँगको कुराकानीमा अब चाडै आफ्ना परिवार बनाउने चाहेको बताए । उनले स्वयंको परिवार बनाउने आफ्नो लक्ष भएको बताएका थिए । तर उनले विवाहको समयबारे भने केही उल्लेख नगरेको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर