एजेन्सी– बलिउड अभिनेत्री प्रियंका चोपडा र अमेरिकन गायक निक जोनसले एक अर्काको प्रेम सम्बन्धलाई औपचारिक घोषणा गरेका छन्। उनीहरुले एउटै तस्विर आ–आफ्नो इन्स्टाग्राममा सार्वजनिक गर्दै ‍प्रेम सम्बन्ध सार्वजनिक गरेका हुन्।

‘आफ्नो मान्छेका लागि आफ्नो पुरा मन र दिलका साथ’ लेख्दै प्रियंकाले आफ्नो इन्स्टाग्राममा एक तस्बिर सार्वजनिक गरिन्। यससँगै गायक निक जोनसले पनि इन्सटाग्राम मार्फत नै ‘भविष्यकी मिसेस जोनस, मेरो दिल मेरो प्यार’लेखेर सोही तस्बिर सार्वजनिक गरेका छन्।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

सार्वजनिक रुपमा यसअघि प्रियंका र निकले एकअर्कालाई सम्बोधन गरेका थिएनन्। त

केही हप्ता अघि बन्न लागेको फिल्म भारतबाट हात झिकेपछि चर्चामा आएको प्रियंका र निकबीच प्रियंकाको जन्मदिनमा इन्गेजमेन्ट भएको थियो । प्रियंका र जोनसले आफ्नो प्रेम सम्बन्धलाई आउदो अक्टोवरमा बैवाहिक सम्बन्धमा परिणत गर्ने बताइएकाे छ।