नेपालमा पछिल्लो समस फ्रेञ्चाइज शो हरुको राम्रै क्रेज देखीएको छ । छोटो समयमै “नेपाल आइडल” ले दर्शकको मन जित्यो संग संगै एपी वान टेलिभिजनलाई समेत स्थापित गराइदियो । तर पहिलो बर्ष सफल हुदै गर्दा “नेपाल आइडल” को टिम फुट्यो र फुटेको टिमले अर्को सिङगिङ रियालिटी “दि भोइस” लाइ नेपाल भित्रायो र “दि भोइस अफ नेपाल” सुरु गर्यो ।
अहिले दुवै शो हरु आफुलाई ठुलो र बलियो देखाउन लागी परिरहेका छन् । मिडियाको क्षेत्रमा समेत प्रतिष्पर्धी मानिने एपीवान एचडी र कान्तिपुर एचडी टेलिभिजन बिचको यो रोमाञ्चक प्रतिष्पर्धाबाट दर्शकले भने भरपुर मनोरञ्जन लिइरहेकै छन् । वास्तवमा यि दुइवटै शोमा के के विशेषता छन त ? भिडियोमा हेर्नुहोस



