काठमाडौँ – अहिले नेपाली टेलिभिजनमा दुई ओटा अन्तराष्ट्रिय फ्रेन्चाइज गायन प्रतियोगिता एकसाथ प्रसारण भइरहेका छन्।पछिल्लो समय रियालिटी शोहरुको प्रसारण बढिरहेको छ। विदेशी फ्रेन्चाइज शोहरुले नेपालको रियालिटी शोको स्तरलाई माथि पुर्याएका छन् भने पछाडि परिरहेका प्रतिभाहरूले राम्रो अवसर पनि पाइरहेका छन्
एपीवान टेलिभिजनमा नेपाल आइडलको दोस्रो संस्करण प्रसारण भइरहेको छ भने कान्तिपुर टेलिभिजनमा पहिलोपटक द भ्वाइस अफ नेपाल प्रसारण भइरहेको छ।दुवै गायन रियालिटी शो एकसाथ प्रसारण हुँदै गर्दा एउटा अनौठो संयोग भएको छ। दुवै कार्यक्रमलाई दर्शकले धेरै नै रुचाएका छन्।नेपाल आइडलबाट छनोट नभएकी एक प्रतियोगी भने पहिलो पटक प्रसारण भइरहेको द भ्वाइस अफ नेपालमा छनोट भएकी छन् ।
https://youtu.be/qdba1GhRjeo



