भक्तपुर । आगामी असोजमा हुने स्थायी शिक्षक परीक्षाका लागि शिक्षक सेवा आयोगले केन्द्र निर्धारण गरेको छ । फारम भरेको जिल्लाबाट परीक्षा दिन नपाईने गरी ३४ जिल्लामा केन्द्र तय भएको आयोगले जनाएको छ ।

यसरी केन्द्र निर्धारण गर्दा तीनै तहको परीक्षाका लागि फारम भरेका परीक्षार्थीले जुन जिल्लामा केन्द्र परेको छ उही जिल्लाबाट परीक्षा दिनु पर्ने छ । उदाहरणका लागि झापामा केन्द्र तोकिएका ईलामका परीक्षार्थीले प्रावि, निमावि र मावि तिनै तहको परीक्षा झापामै दिनु पर्ने छ ।

उही जिल्लाबाट परीक्षा दिदाँ परीक्षार्थीले चिनेका केन्द्राध्यक्ष वा निरिक्षक हुने भएकोले चलखेल हुने आशँका सहित आयोगले जिल्ला फेरवदल गरेको हो । अहिले परीक्षा केन्द्र रहने जिल्ला मात्रै तय गरिएको र कुन विद्यार्थी कुन केन्द्रमा भन्ने कुरा पछि तोकिने आयोगले जनाएको छ ।

आयोगले परीक्षा केन्द्र तोकेका ३४ जिल्लामा ईलाम, झापा, मोरङ्, सुनसरी, उदयपुर, सप्तरी, सिराह, सिन्धुली, धनुषा, काभ्रे, भक्तपुर, काठमाडौं, ललितपुर र मकवानपुर छन् । यस्तै, चितवन, पर्सा, गोर्खा, कास्की, तनहुँ, स्याङ्जा, नवलपरासी र रुपन्देहीमा केन्द्र तोकिएको छ ।

यस्तै कपिलबस्तु, पर्वत, प्यूठान, दाङ् सुर्खेत, बाँके, बर्दिया, डोटी, कैलाली, डडेल्धुरा र कञ्चनपुरमा परीक्षा केन्द्र तोकिएको छ । केही जिल्लाका परीक्षार्थीलाई असुविधा हुने हुँदा सोही जिल्लामा केन्द्र निर्धारण गर्न माग भए पनि परीक्षाको मर्यादा कायम गर्न आवश्यक भएकोले त्यसो गर्न नसकिएको आयोगका प्रशासकीय प्रमुख डा। तुलसी थपलियाले बताए ।

ुखास गरी हुम्लाका सवालमा यस्तो कुरा आएको थियो, तर हामीले परीक्षाको मर्यादा र विश्वसनीयता कायम गर्न पनि उक्त निर्णय गर्न सकेनौुं उनले भने, हुम्लाबाट फारम भर्नेहरु मध्ये कतिपय परीक्षार्थी बाहिरी जिल्लाका पनि छन्, उनीहरुलाई पनि हेक्का गर्नु पर्ने देखियो । हुम्ला सहित कर्णालीको परीक्षा केन्द्र सुर्खेत तय गरिएको उनले बताए । इडियुखबरबाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah