शिब भण्डारी -लण्डन ।

पछिल्लो समयका चर्चित तथा लोकप्रिय गायक टंक बुढाथोकी लण्डन आइपुगेका छन् । सयपत्री कल्चर समुह यूकेले यहि शनिबार गर्ने कार्यक्रममा प्रस्तुति गर्न गायक बुढाथोकी विहिबार लण्डन आइपुगे । कार्यक्रमका लागि पहिलोपटक लण्डन आइपुग्दै गरेका चर्चित गायक टंक बुढाथोकी उत्साहित देखिन्थे । ‘निकै खुशी र उत्साहित छु पहिलोपटक कार्यक्रम गर्न बेलायत आउन पाएकोमा’, टंकले सुनाए ।, ‘बेलायतमा बस्ने नेपाली दाजुभाई दिदीबहिनीहरुमाझ विशेष प्रस्तुति दिने तयारीसहित आएको छु ।’ लन्डन उत्रिनेवित्तिकै पाएको न्यायो स्वागतबाट दंग टंकले सेप्टेम्बर ८ को आफ्नो कार्यक्रममा उपस्थित भइदिन बेलायतबासी सबै नेपालीहरुलाई आग्रह पनि गरेका छन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

लण्डन नेपाल न्यूज़ डट कमका प्रधान सम्पादक शिब भण्डारीले लिएको स्थलगत एक भिडियो रिपोर्ट :

https://youtu.be/2t-I1NaVYx0

आयोजक सयपत्रीको एक टोलीले गायक बुढाथोकीलाई एक कार्यक्रमका बीच लण्डनमा स्वागत गरेको छ । स्वागतका लागि सयपत्री कल्चर समुह यूकेका अध्यक्ष डम्बर सिंह, एनआरएन यूकेका महासचिब आर के त्रिपाठी,उपाध्यक्ष दिपक साही ,महासचिब गौरब क्षेत्री ,सह सचिब दिपक खड्का ,कोषाध्यक्ष दिपक जी सी , सांस्कृतिक संयोजक बाबुराम सुनार ,कोडिनेटर मनोज अन्जान ,फ़ाउण्डर सदस्य सन्तोष विश्वकर्मा ,पत्रकार बाबुराम भुषाल देब गुरुङ ,प्रकाश कंडेल, सर्मिला थापा,विद्या गौतम ,दिपक मैथाने मगर लगायतको उपस्थीति थियो ।

रुपै मोहनी गीतबाट बहुचर्चा कमाउन सफल गायक बुढाथोकीले पछिल्लो समय अशोक दर्जीको संरक्षक तथा प्रशिक्षकको रुपमा पनि थप चर्चित बनेका छन् । कार्यक्रममा विशुद्ध नेपाली सांस्कृतिक प्रस्तुतिहरु पस्किने जानकारी आयोजक सयपत्री कल्चरल समुहका अध्यक्ष डम्बर सिंहले दिए । ‘सधैजस्तो हाम्रो यो कार्यक्रममा पनि विशुद्ध र मौलिक नेपाली सांस्कृतिक प्रस्तुतिहरु रहनेछन् । नेपालको विभिन्न जातजाति, समुदाय तथा पूर्वदेखि पश्चिमसम्म सबैको कला, संस्कृतिको प्रतिनिधित्व गर्ने प्रस्तुतिहरु देखाइनेछ’ , अध्यक्ष सिंहले भने ।

बेलायतका लागि नेपाली राजदूत डा दुर्गाबहादुर सुवेदी प्रमुख अतिथी रहने कार्यक्रममा स्थानीय काउन्सिलरहरु, विभिन्न नेपाली संघसंस्थाका प्रतिनिधीहरुलाई अतिथीका रुपमा निम्त्याइएको छ ।

शनिबार सांझ अल्डरसटको द प्यालेसमा हुने सयपत्री सांस्कृतिक सांझमा बुढाथोकी मुख्य आकर्षण रहनेछन् । सो कार्यक्रममा बेलायतस्थित गायक मनसुदन थापा र सयपत्री कल्चरल समुहको आफ्नै ब्याण्डको पनि विशेष प्रस्तुति रहनेछ ।

सांझ ६ बजेदेखि मध्यरात सम्म चल्ने उक्त कार्यक्रममा प्रवेश शुल्क १५ पाउण्ड छ । बालबालिकालाई भने निशुल्क छ ।