‘छक्का पञ्जा ३’ को दोस्रो गीत रिलिज भएको छ । फिल्ममा समाविष्ट ‘पछि उमेर ढल्किन्छ पछि कालै पल्किन्छ’ गीत निर्माण टिमले सार्वजनिक गरेको हो । गीतमा अर्जुन पोखरेलको स्वर र संगीत रहेको गीतमा संगीतकार पोखरेलले दीपकराज गिरीसँग सहकार्य गरेका छन्।

गीतको भिडियोमा अभिनेत्री दीपिका प्रसाइँ, दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल र बुद्धि तामाङलाई देख्न सकिन्छ। गीतको कोरियोग्राफी कविराज गहतराजले गरेका हुन। दीपिश्री निरौला निर्देशित फिल्म दशैंमा रिलिज हुँदैछ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

फिल्मका अघिल्ला दुई श्रृखंलाको सफलतालाई यस श्रृखंलाले पनि पछयाउने अनुमान गरिएको छ। छक्का पञ्जा ३ को पहिलो गीत पहिलो नम्बरले युट्युबमा १ करोड भ्यूज काटिसकेको छ ।

https://youtu.be/Ipp_vNfDbnU