एजेन्सी – बलिउड अभिनेता शाहिद कपुरले आफ्नो फेसबुकमा ‘आई लभ यू कट्रिना कैफ’ लेखेका छन् । तर वास्तवमा यो उनले लेखेका हैनन् । उनको फेसबुक र इस्टाग्राम अकाउन्ट ह्याक भएको छ । टर्कीका ह्याकरले शाहिदको अकाउन्टबाट विभिन्न क्यापसन लेखेका छन् ।
शाहिदले पद्मावतमा गरेको राजाको भुमिका चित्त बुज्दो नरहेको ह्याकरले क्याप्सन लेखेका छन् । क्यापसनमा ‘आई लभ यू कट्रिना कैफ’ भनेर लेखिएको छ । हालै सन्तान सुख प्राप्त गरेका चकलेटी हिरो यतिखेर तनावमा छन् । शाहिद अकाउन्ट रिकभरको प्रयासमा छन् ।
भारतीय मिडियाका अनुसार टर्कीसका उक्त ह्याकरहरु अकाउन्ट ह्याक गर्न निकै माहिर छन् । शाहिदको अकान्ट रिकभर हुन लामो समय लाग्ने देखिएको छ । तर शाहिद रिकभर गर्न लागी परेका छन् । अभिनेता शाहिद अभिनित फिल्म ‘बत्ती गुल मीटर चालू’ भने असोज ५ मा प्रदर्शनमा आउनेछ ।



