काठमाडौं । गीतकार तथा उपन्यासकार चारखोले शिशिर अर्थात चक्रबहादुर लिङ्दम अब गायकका रुपमा देखिएका छन् । ‘उघ्रिँदो आकाश’ नामक उपन्यासमार्फत शिशिरले साहित्य क्षेत्रमा चिनाएका हुन् ।

सानैदेखि गीति लेखन, गायन तथा साहित्यप्रति रुचि राख्दै आएका शिशिरले चाँडै आफ्नै शब्द तथा संगीतकार एल्बम ल्याउ“दैछन् । त्यसका लागि हाल उनले गीत रेकर्ड गरिसकेका छ्न । ८ वर्षको उमेरदेखि नै गीतसंगीतमा रुचि राख्दै आएका शिशिरले ‘खुर्मी राम्रो नाना हाउ’ बोलको पुर्वेली लोकगीत रेर्कड गराएपछि भने, ‘अब गीत लेखनमा मात्र नभएर गायनमा पनि पाइला राखेको छु ।’

आधुनिक, लोकपप तथा पुर्वेली लोकगीतहरु समेटेर एल्बम तयार गर्दै गरेको बताउँदै उनले भने, ‘गायन पनि मेरो सानैदेखि रुचि हो ।’ उनले गायनमा आफ्नी आमाबाट प्रेरणा पाएको बताउँदै भने, ‘म सानो छँदा आमाले गीत गाएर सुनाउनुहन्थ्यो, त्यो सुन्दासुन्दै गायनप्रति मेरो रुचि बढ्दै गएको हो ।’
रोजगारीको सिलसिलामा करिब एक दशक साउदीमा बिताइसकेका शिशिर गीत रेकर्ड गर्नकै लागि नेपाल आएको बताए । उनले एल्बमका लागि ‘खुर्मी राम्रो नाना हाउ’लगायत ‘तिमी खुसी हुनु प्रिय’, म त झण्डै लडेको तिमीलाई देखेर’ जस्ता गीत तयार गर्दैछन् ।

जसमध्ये ‘तिमी खुसी हुनु प्रिय’ गीतलाई झरेन चौवनले लेखेका हुन् भने अरु बाँकी गीतमा उनकै शब्द तथा संगीत रहेको छ ।
इलाम–१२ का शिशिर गायनसँ“गै लिम्बू मातृभाषा तथा संस्कृतिप्रति पनि ज्ञाता छन् । उनले गीत लिम्बू भाषाको गजलका अलावा पालम, ख्याली र मुन्धुमसमेत गाउने गरेको सुनाए ।

‘पहिले पालम भनेर रातै कटाउँथे’ विगत सम्झिँदै ३८ वर्षीय शिशिरले भने, ‘कतिपय ठाउँमा मुन्धुम पनि गाएको छु ।’
‘मुन्धुम’लाई लिम्बू समुदायले सांस्कृतिक पहिचान र इतिहासका रुपमा लिने गर्छन् । ‘लिम्बू भाषाको गजल समेत लेख्दै आएका शिशिरले निकट भविष्यमै अध्यात्मिक पुस्तक समेत प्रकाशन गर्ने बताए । उनले भने, ‘एउटा अध्यात्मिक पुस्तक लेख्ने तयारी गर्दैछु । जसले मानिसको जीवनमा सारतत्व मिल्न अपेक्षा गरेको छु ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah