एजेन्सी – बलिउडकी चर्चित नायिका अनुष्का र भारतीय क्रिकेटर बिराट कोहलीको सबैले सुहाउदो जोडि मान्दछन् । चर्चित नायिका अनुष्काका पति क्रिकेटर बिराट पहिलेदेखि नै घमन्डी भएपनी फेरी हालै एउटा घटनाले फेरि यसको पुष्टि भएको छ ।
क्रिकेटर बिराट आफ्नी पत्नी अनुष्कालाई अंगालो मार्दै एयरपोर्टबाट निस्कँदै थिए ।
त्यति नै बेला एक फ्यानले उनलाई भेटेर उपहार दिन खोज्दा बेवाति गरी हिडेको भिडियो सामाजिक संजालमा भाइरल भएको छ ।प्लीज सर’ भन्दै ती फ्यानले बिराटलाई आफ्नो उपहार प्रदान गर्न खोज्छन् ।
तर, बिराट भने उनीतिर वास्ता नगरि सुक्रिया’ भन्दै अगाडि भन्छन् । फ्यानले दिन खोजेको गिफ्ट उनी समाउँदैनन् । न त अनुष्काले नै उनलाई समाउन आग्रह गर्छिन् । फ्यान निराश भएर फर्किन्छन् । खासमा ती फ्यानले बिराट र अनुष्काका तस्वीरहरुको कोलाज बनाएर उपहार दिन खोजेका रहेछन् ।



