केबि महरा/ काठ्माण्डौं

पछिल्लो समय नेपाल आईडल द्वारा चर्चामा आउन सफल कमेडियन तथा गायक नरेश पातलिले आफ्नै स्वरमा नयाँ गित रेकर्ड गराएका छन्।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

नेपाल आईडलमा चर्चामा आएसंङ्गै हास्य टेलिसृङ्ग्खला भद्रगोलमा समेत भुमिकामा देखिन सफल तथा दर्शकको मन जित्न सफल पातलिले आफ्नै स्वरमा गित रेकर्ड गराएका हुन्।

नरेश पातलि द्वारा रेकर्ड उक्त ' गर्लफ्रेण्ड' बोलको म्युजिक भिडियोमा नरेश पातलिको स्वर सुन्न पाइनेछ भने भिडियोमा समेत मोडेलका रुपमा उनलाई देख्न पाइने छ। साथमा जसोदा कार्की,बादल घिमिरे र सिवानी कार्की रहेका छन्।

उक्त म्युजिक भिडियो बादल घिमिरेले बजारमा ल्याएका हुन्।

पूरा भिडियो हेर्नका लागि तलको युट्युब लिंकमा जानुहोस्।

https://youtu.be/Y3HsnNg1jw4