प्रकाश योगी / काठमाडौ बिजया दशमी को समय नजीक आए संगै कलाकार हरु ले दशै र तिहार का गीत एक पछि अर्को गर्दै सार्बजनिक गर्ने होडबाजी चलिरहेको छ । यसै बिच लोक गायक अमृत खाति र गायिका स्मृति गौतम को संयुक्त प्रस्तुति कमेरो बोल को गीत सार्बजनिक संगै चर्चा मा छ ।
गीत मा बिदेश गएका आफन्त हरु घर आउने खबर ले परिवार आफन्त हरु खुसी भएको भाब समेटिएको छ । अमृत खाती र स्मृति गौतम को स्वर नारायण सोडारी को लय गायक खाती को शब्द रहेको उक्त म्युजिक भिडियो मा कामेश श्रेष्ठ को निर्देशन रहेको छ । प्रबेश पोखरेल ले चलाएको क्यामेरा लाई सुरेश श्रेष्ठ ले सम्पादन गरेका छन ।
रमा थपलिया ,महेन्द्र गौतम ,शोभा त्रिपाठी को अभिनय रहेको उक्त गीत लाई गोर्खा चौतारी म्युजिक ले बजार ब्यबस्थापन गरेको छ ।



