काठमाडौं। अभिनेता आयुष्मान देशराज जोशी र पत्रकारबीच भनाभन भएको छ। आइतबार नेपाली चलचित्र ‘चङ्गा चेट’को टेलर रिलिज कार्यक्रममा पत्रकारले चलचित्रकी नायिका प्रमिता राना र नायक आयुष्मानको ब्रेकअपको विषयमा कुरा गर्दा आयुष्मान रिसको स्वभावमा प्रस्तुत भएका थिए।

कार्यक्रममा एकजना पत्रकारले चलचित्रका निर्देशक दिपेन्द्र के खनाललाई ‘तपाइँले आयुस्मान र प्रमितालाई प्रेम जोडी हुँदा पनि लिनु भएको थियो र अहिले ब्रेकअपपछि पनि लिनु भएको छ’ भन्दै प्रश्न गरिरहँदा बीचमै बोलेर आयुष्मानले ‘यो विषयमा हामीलाई चासो हुनुपर्ने तपाइँ किन चासो राख्नुहुन्छ’ भन्दै प्रश्न गरेका थिए।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

चलचित्र कात्तिक १६ गतेबाट देशभर प्रदर्शनमा आउने यस चलचित्रमा नायक आयुष्मानसँगै नायिका प्रियंका कार्की, सन्दिप क्षेत्री, दिपेन्द्र झा, प्रमिता राना र सुरुक्षा पन्तको मूख्य भूमिका रहेको छ।

https://youtu.be/hiQsAE5IYWU