काठमाडौं । नेपाली कलाकारिता क्षेत्रमा दीपक राज गिरि र दीपा श्री निरौलाको जोडी सदावाहर र सफल जोडीको रुपमा चिनिन्छ । यो जोडीले निर्माण गरेको चलचित्र छक्का पन्जा ३ अहिले हलहरुमा चलिरहेको छ।

दीपक र दीपाले तितो सत्य टेलिचलचित्र गर्दा नै दर्शकहरुले वास्तविक जोडी ठान्थे। तर दीपा अविवाहित हुन् । दीपकका छोराका अनुसार, स्कुलमा समेत उनका साथीहरुले बुवाको नाम भनिसकेपछि आमाको नाम दीपा भनेर सोध्ने गर्थे।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

धेरै दर्शकहरुलाई थाहा भैसकेपनि अझै पनि केही दर्शकले दीपक र दीपा भन्ने गरेको दीपककी श्रीमती बताउँछिन्। तर पनि यी कुराले उनलाई असर गर्दैन । दीपकको बानी थाहा भएको र उनी प्रति विश्वास भएकोले त्यस्ता कुराले आफूलाई असर र नगर्ने र असर गर्ने भएको भए वैवाहिक सम्बन्ध आजसम्म नगएको हुने दीपककी श्रीमती बताउंछिन्।

दीपककी श्रीमतीलाई चलचित्रमा दीपकको जोडी अभिनेत्री प्रियंका कार्कीसंग बढी सुहाउँछ भन्ने लाग्छ। आफ्नो जीवनको राजालाई चलचित्रको पर्दामा पनि राजाको रुपमा देख्दा उनलाई रमाइलो लाग्छ। तर दीपकका छोरालाई भने बुवाले सधै एकै भूमिका निर्वाह गरेका कारण अब राजा भन्दा फरक भूमिका देखिए हुन्थ्यो भन्ने लाग्छ।

https://youtu.be/IOj3b8bx8vc

डिसी नेपाल बाट