काठमाडौँ। नेपाल आइडलका टप ९ प्रतिस्पर्धी रवि ओडले आफूले नेपाल आइडल जितेमा भारतमा मजदुरी गर्ने आफ्नो बुवालाई नेपाल ल्याउने बताएका छन्।

एक युट्युब च्यानलसँग कुरा गर्दै नेपाल आइडल जिते के गर्नुहुन्छ भन्ने प्रश्नमा उनले भनेका छन् , 'मेरो परिवारको आर्थिक अवस्था निकै दयनीय छ। नेपाल आइडल जितेमा मैले सर्वप्रथम मेरो बुवा जो भारतमा काम गर्नुहुन्छ उहाँलाई नेपाल ल्याउँछु। म परिवारको जेठो छोरा त्यसैले काँधमा निकै जिम्मेवारी छ। काँधमा जिम्मेवारी लिएर अगाडि बढेको छु।'

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

अन्तर्वार्तामा उनले नेपाल आइडलको टप ९ सम्म पुर्‍याउने सबैलाई धन्यवाद ज्ञापन गरेका छन्। हेर्नुस् धनगढीका रवि ओडसंगको यो कुराकानी।

https://youtu.be/jqWPRGBKNKs