काठमाडौँ – नेपाली टेलिभिजनकै इतिहासमा सर्वाधिक लोकप्रिय र सफल अन्तराष्ट्रिय फ्रेन्चाइज सिङगिङ रियालिटि शो नेपाल आइडल प्रथम संस्करणको अपार सफलता पछि यसको दोस्रो संस्करण पनि एपी वान टेलिभिजनमार्फत साउन २४ गते देखी हरेक हप्ताको बिहीबार र शुक्रबार दुईदिन राती ८ः३० देखि प्रसारण भइरहेको छ ।यस सिजनमापनि अघिल्लै सिजनका निर्णायक न्हयु बज्राचार्य, काली प्रसाद बास्कोटा र इन्दिरा जोशी छन् भने प्रस्तोतामा रिमा विश्वकर्मासँग नयाँ अनुहार टेलिभिजन कार्यक्रम, टि भि सि निर्माता, गायक तथा अभिनेता आसिफ शाह छन् ।
हिजो चर्चित गायक शम्भुजित बासकोटा गेष्टको रुपमा उपस्थित भएका छन्। उनले प्रतिस्पर्धीले गाएका गीतमा निकै तारिफ गरेका थिए।हिजो प्रसारित एपिसोडमा टप ९ प्रतियोगीले आफ्नो प्रस्तुती दिए।बिहीबार प्रसारित एपिसोडमा गोल्डेन माइक विजेता बिक्रम बरालले दर्शक र जजलाई आफ्नो प्रस्तुतिले मोहित पारे। फरक पहिरनमा देखिएका बिक्रमले नारायण गोपालको स्वरमा रहेको चर्चित गीत यो मुटुलाईु निकै मार्मिक तरिकाले गाए त्यसपछी बिक्रमले चारै जना जजको स्ट्यान्डिङ ओभेसन पाए र दर्शकले उक्त गीत फेरि गाउन अनुरोध समेत गरे। हेर्नुस् भिडियो।



