भाईरल गायक झक्कड थापा एक अन्तर्वार्तामा धुरुधुरु रोएका छन् । नेपाल आईडलबाट भाईरल भएका झक्कड दोस्रो बर्ष मिडियामा आए ।
सबैलाई हँसाउने गीत गाएर चर्चामा आएका झक्कडलाई पहिलो बर्ष बिदेशमा भएका कारण आफु यति चर्चामा छु भन्ने नै थाहा भएन तर उनलाई एक व्यक्तिले नेपाल ल्याए ।
नेपालमा आईसकेपछि उनले धेरै युटुब च्यानलमा अन्तर्वार्ता दिए । रमाईला झक्कडको रमाइृलोपना सबैले रुचाए । म्युजिक ििभडियोहरु पनि खेले, गीत पनि गाए । भद्रगोलमा सन्देशमुलक प्रस्तुतिका कारण उनलाई देश तथा बिदेशबाट सहयोग पनि आयो तर उनले एउटा बाटो तय गर्न सकेनन् ।
अब के गर्ने ? कलाकार बन्ने कि फेरी बिदेश जाने । घरको ऋण तिरेका झक्कड रनभुल्ल छन् । उनलाई सबैले आफ्नो चर्चा छउन्जेल युज गरेको बताउँछन् , अब मर्छु भन्दै झक्कडले नयाँ नयाँ न्युज नेपालका शिशिर भण्डारीसँग यस्तो बह पोखे ।
भिडियो हेर्नुस:



