काठमाडौँ। नेपाली टेलिभिजनकै इतिहासमा सर्वाधिक लोकप्रिय र सफल अन्तराष्ट्रिय फ्रेन्चाइज गायन रियालिटि शो नेपाल आइडलको प्रथम संस्करणको अपार सफलतापछि नेपाली दर्शकहरू समक्ष यसको दोश्रो संस्करण प्रसारण भइरहेको छ।

अहिले नेपाल आइडलमा गाला राउन्ड चलिरहेको छ र हजारौँ प्रतिस्पर्धीबाट नेपाल आइडलले आफ्नो टप ८ प्रतिस्पर्धी पाएको छ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

नेपाल आइडलको टप ८ मा पोखराबाट दुई प्रतिस्पर्धी रहेका छन्। ती हुन् निलिमा थापा मगर र विक्रम बराल। दुवै प्रतिस्पर्धी नेपाल आइडलको पोखरा अडिसनमा गोल्डेन माइक पाएर सिधै गाला राउन्डमा पुगेका हुन्। दुवै प्रतिस्पर्धीलाई जिताउन पोखरामा अभियान सुरु भएको छ।

यसैबीच एक प्रतियोगी बिक्रम बरालको घर पुगेको छ एउटा मिडिया । सोही मिडियामा पहिलो पटक विब्रम बरालको पुरै परिवार आएका छन् । मिडियासँग कुरा गर्दै उनले आफ्नी छोरालाई जिताउन जनतासँग अपील गरेका छन् भने कुराकानी कै क्रममा बुबाले विक्रमको बारेमा धेरै कुराको खुलासा गरेका छन्।

साथै विक्रमको आमासँगको कुराकानीमा पनि विक्रमको बारेमा धेरै कुरा थाहापाइयो साथै उनको कुरा गर्दागर्दै आमा भाबुक पनि बनेकी थिइन् । विक्रम मात्र होइनन् उनका आमा र मामा पनि उत्तिकै राम्रो गाउने कुरा पनि यसै कुराकानीमा खुलेको छ । हेर्नुस् कुराकानी।

https://youtu.be/H7o1ku5DtIQ