एजेन्सी । हालका दिनमा बलिउडका स्टार एक्टर अर्जुन कपुर र आइटम गर्ल मलाइका अरोराको सम्बन्धले निकै चर्चा पाएको छ । आजभोली यो जोड धेरै पटक स्पट भएको छ ।
मंगलबार फेरि यो जोडी मुम्बईको एक होटलमा स्पट भएको छ ।
समाचारअनुसार उनीहरुले सो होटलमा डिनरका लागि गएका थिए । डिरनबाट फर्किँदा उनीहरु क्यामेरा अगाडी परे । क्यामेरा देखेपछि अर्जुन कपुर मलाइकालाई लुकाउने प्रयासमासमेत लागेको जनाइएको छ ।
यो जोडी आफैले आफ्नो रिलेशनबारे कुनै आधिकारिक धारणा सार्वजनिक नगरे पनि उनीहरुबीच आगामी वर्ष बिहे हुने अनुमान गरिएको छ ।
अर्जुन कपुर बलिउडका प्रोड्यूशर बोनी कपुरका छोरा हुन् । उनकी आमालाई छोडेर बोनीले श्रीदेवीसँग बिहे गरेका थिए ।
यसै कारण अर्जुन र श्रीदेवीबीच कहिल्यै राम्रो सम्बन्ध भएन । तर, श्रीदेवीको मृत्युपछि भने अर्जनु आफ्नी बहिनीहरु श्रीदेवीका छोरीहरुका साथ पनि देखिन्छन् ।
जहाँ अर्जुन अविवाहित ३१ वर्षीय युवक हुन् भने मलाईका ४६ वर्षीया डिभोर्सी तथा छोराकी आमा हु्न् । मलाईका सलमान खानका भाई अरबाज खानकी श्रीमती थिइन् । यो जोडीबीच गत वर्ष डिभोर्स भएको थियो । डिभोर्सको कारण पनि अर्जुन कपुरलाई मानिएको छ ।





