एजेन्सी। ड्रमकम क्वीन एकता कपुरले मंगलबार राति आफ्नो घरमा दिपावलीको पार्टी आयोजना गरिन्। एकताले आयोजना गरेको पार्टीका बलिउड देखि लिएर टेलिभिजन जगतका कयौं सेलेब्रिटिज उनको घरमा पुगेका थिए।

उक्त पार्टीमा एकता कपुरको एउटा भिडियो सार्वजनिक भएको छ। जसमा उनी आफ्नो पोशाकलाई लिएर निकै दुखी देखिएकी छन्। पार्टीमा एकताले पीच कलरको लेहेँगा र चोलो गलाएकी थिइन्।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

तर, उनी बारम्बार आफ्नो पोशाकलाई मिलाइ रहेकी देखिन्थिइन्। सामाजिक संजालमा एकताको भिडियो आउने वित्तिकै मानिसहरुले ट्रोल गर्न सुरु गरे।

एक सामाजिक संजाल प्रयोगकर्ताले एकता कपुरको ड्रेसलाई डरलाग्दो भएको बताए। भने अर्का एक जनाले उनलाई थुलथुली भन्दै टिप्पणी गरे। अर्का एकनाले यदि तपाइँ आफ्नो छालाप्रति असजिलो महशुस गर्नुहुन्छ भने यस्तो पोशाक किन लगाउनु भएको भन्दै प्रश्न गरेका छन्।

एकता कपुरको पार्टीमा शिल्पा शेट्टी, अरबाज खान र उनकी गर्लफ्रेण्ड जर्जिया एण्ड्रियानी, करन जोहर, कृति सेनन, डेविड धमन, श्रद्धा कपुरलगायतका कलाकार सहभागी थिए।

https://youtu.be/v5yqeOjxxbg