नेपाल आइडलको अन्तिम आठबाट धादिङका क्रिसल कँडेल बाहिरिएका छन्। ‘म हारेर गएको होइन, धेरै कुरा जितेर बाहिरिएको छु। नेपाल आइडलमा आउँदा मसँग केही पनि थिएन तर उत्कृष्ट आठबाट बाहिरिँदै गर्दा मसँग धेरै कुरा साथमा छन्’, बाहिरिएपछि उनले भने। क्रिसलले आफू इलिमेट भएको सुन्नासाथ व्यक्त गरेको यो भनाइले सबैको आँखा रसाएका थिए।

प्रतियोगिता भएकाले एकले जित्न अर्कोले हार्नैपनै नियम हुन्छ। यही नियम पछ्याउँदै कँडेल आइडलबाट बाहिरिए। जीवनभर गीतसंगीतमै लाग्ने प्रण गर्दै आगामी दिनमा अझ बढी मेहनत गर्ने वाचा गरे उनले। नेपाल आइडलजस्तो राम्रो प्लेटफर्म पाएकोमा आफूलाई निकै भाग्यमानी सम्झँदै उनले नेपाल आइडल कार्यक्रमको खुलेर प्रशंसा गरेका थिए। कार्यक्रममा सबैभन्दा साना उमेरका कँडेल सबै खालका गीतमा स्वरको जादु चलाउँछन्।

धादिङबेँसीका क्रिसल सानैदेखि गीत गाउने रुचि राख्थे। पोखरा अडिसनबाट नेपाल आइडलमा छनोट भएका क्रिसलले रेडियोमा गीत सुनेरै गीत गाउने सीप सँगालेका थिए। घरमा हुँदा उनका दाइले पनि गीत गाउने गर्थे।

गीत सुन्दै गर्दा जस्तो सुन्यो त्यस्तै गाउने कोसिस गर्छन् उनी। सांगीतिक यात्राको पहिलो गुरु नै रेडियोले बजाउने गीत रहेको उनी बताउँछन्।

दैनिक ५÷६ घण्टा संगीतको रियाज गर्ने क्रिसल संगीतलाई कुनै परिभाषाले समेट्न नसकिने बताउँछन्

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah