छातीमा चन्द्र सूर्य बोकेर आएका टिम प्रमोदका आशिष गुभाजुले द भ्वाइस थर्काए भिडियोसहित
काठमाडौँ । पछिल्लो समय निकै नै चर्चित आएको गायन रियालिटी शो हो ‘द भ्वाइस अफ नेपाल’ । हाल आएर द भ्वाइस ६ वटा लाइभ राउन्ड सकिएर ७ औँ लाइभ राउण्ड अर्थात टप २४ चलिरहेको छ । टप २४ मा परेका ट्यालेन्टमध्य २२ ट्यालेन्टहरु भिड्दै छन् अबको एपिसोडमा।
हिजो अर्थात शनिबारको एपिसोडमा यो पटकबाट गेष्ट जजको आगमन भएको छ र पहिलो गेष्ट जजका रुपमा चर्चित गायक पशुपति शर्मालाई निम्त्याइएको छ । उनले निकै नै रमाइलो गरका छन् शोमा ।
पहिलेको एपिसोडमा झैँ हिजो पनि दुई कोचको ३ ३ जना ट्यालेन्टले आफ्नो प्रस्तुति दिएका छन् र ती मध्ये पहिलो ट्यालेन्ट जसले प्रस्तुती दिएका छन् ती हुन् आशिष गुभाजु । आशिषले गेष्ट जज पशुपतिको रिक्वेस्ट अनुसार पहिलो प्रस्तुती दिएका थिए जुन निकै नै धमाकेदार थियो ।
हेर्नुस् भिडियो :



