भारतीय टेलिभिज जी टिभीबाट प्रशारण हुँदै आएको सांगीतिक रियालिटी शो सारेगामापामा नेपालकी मेनुका पौडलले आइतबार अर्को दमदार प्रस्तुती दिएकी छन् । आइतबार मेनुकाले ‘पिया भाावरे’ बोलको गीत गाएकी थिइन ।

मेनुकाले सो गीत गाउँदा भारतीय संगीत क्षेत्रका हस्तीहरु तथा जजहरु मन्त्रमुग्ध भएका थिए । मेनुकाको स्वरमा गज्बबको जादू रहेको जजहरुको प्रतिक्रिया थियो । यो सँगै मेनुका मेगा राउण्डको टप तेह्रमा पुग्न सफल पनि भएकी छन् । मेनुकालाई जुरी मेम्बरले ९९ दशमलब ४ अंक दिएका थिए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

यस्तै जज वजिद खानले उनको आवाज निकै सुमधुर रहेको टिप्पणी गरे । उनले भने, ‘डाइनामिक्स कमाल ‘ ।’ जज शेखरले मेनुकालाई उनको स्वरको तारिफ गर्दै उनलाई सधै उस्तै गाउन आर्शीबाद दिए ।

कार्यक्रमकी अतिथि भारतयि नायिका प्रिति जिन्टाले उनको स्वरमा पियोरिटी रहेको भन्दै प्रशंशा गरेकी थिइन । त्यस्तै मेनुकाले सारेगमपमा भाग लिन पाउनु निकै खशीको कुरा रहेको प्रतिक्रिया दिइन ।

नेपाली रियालिटी शो नेपाल आइडलबाट सांगीतिक बजारमा आएकी गायिका मेनुका पौडेलले भारतीय रियालिटी सोमा पनि उस्तै सुमधुर आवाज दिएर जजलाई स्तब्ध पारेकी छन्।

नेपाल आइडल कम भोट पाएर टप टेनबाटै बाहिरीए पनि उनले आफ्नो सांगीतिक करियरलाई अगाडि बढाइरहिन्। सांगीतिक क्षेत्रमा केही गर्ने सोचका साथ लागिपरेकी उनी भारतकै चर्चित गायन रियालिटी शो ‘सारेगामापा’ मा आफ्नो सुमधुर आवाजले सबैलाई लोभ्याएकी छिन् । पुरा भिडियो हेर्नुहोस

https://www.facebook.com/aamatv1/videos/286253725351017/