काठमाडौं: चीनको सान्या सहरमा जारी मिस वर्ल्ड-२०१८ को विभिन्न चरणका प्रतिस्पर्धामा रहेकी शृंखला खतिवडाले फेसबुक मार्फत आफ्नो मिस वल्ड इन्ट्रडक्शन को भ्लग हेर्न अनुरोध गरेकी छिन ।

उनले मिस वल्ड नेपाल र आफ्नो फेसबुकबाट केहि मिनेट अघि स्क्रिनशर्टमा देखाईएको स्टाटस लेख्दै उक्त सामाग्री सेयर गरेकी हुन । लाख बढीले हेरेको उनको गोसाइकुण्ड भ्लगको भिडियो तल दिईएको लिंकमा हेर्नसक्नु हुनेछ !

चीनको सान्या सहरमा जारी मिस वर्ल्ड-२०१८ को विभिन्न चरणका प्रतिस्पर्धामा नेपालको प्रतिनिधित्व गर्दै सहभागी भएकी मिस नेपाल-२०१८ शृंखला खतिवडा अग्रपंक्तिमा देखएकी छन् ।

एक सय २१ देशका सुन्दरी सहभागी प्रतियोगितामा शृंखला उत्कृष्ट ३० मा छनोट भई अन्तिम चरणमा प्रवेश गरेकी हुन्। बुधबार साँझसम्मको भोटिङमा उनी आफ्ना प्रतिद्वन्द्वीभन्दा निकै अगाडि छिन् ।

मिस वल्र्डका लागि खुला गरिएको भोटका आधारमा उनी बुधबार साँझसम्म २५.८२ प्रतिशत मत प्राप्त गरेर पहिलो नम्बरमा छिन्। उनले प्राप्त कुल मतमध्ये एक लाख ७५ हजार मत प्राप्त गरेकी छन्।

दोस्रो नम्बरमा मिस रसिया रहेकी छन् । मिस रसियालाई प्राप्त कुल मतमध्ये चार प्रतिशत अर्थात् २५ हजार मत प्राप्त भएको छ। मिस वल्र्डमा भाग लिन शृंखला नौ दिनअघि चीन गएकी हुन्। २२ वर्षे शृंखला पेसाले इन्जिनियर हुन्।

समीक्षकहरूले यसपटकको मिस वल्र्डको प्रतिस्पर्धामा शृंखला अगाडि रहेको उल्लेख गरेका छन्। उनी एसियाबाट सबैभन्दा प्रभावशाली साबित भइसकेकी छन्। डिसेम्बर ८ मा चीनको सान्या सहरमा मिस वल्र्ड-२०१८ को अन्तिम प्रतिस्पर्धा हुँदै छ। मिस वल्र्डको काउन्ट डाउन सुरु भइसकेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah