एजेन्सी। सैफ अली खान केही दिन अगाडि छोरी साना अली खानलाई लिएर चर्चित कार्यक्रम ‘कफी विथ करन’ मा गएका थिए। उक्त कार्यक्रममा साराले आफ्नी आमा अमृता आफ्नो जीवनबाट सन्तुष्ट रहेको र आफू पनि खुशी रहेको बताइन्। ‘बुवा सैफ अली खान आफ्नो ठाउँमा खुशी हुनुहुन्छ, सौतेनी आमा करिना कपुर पनि आफ्नो जीवन खुशीसँग बिताइरहनु भएको छ,’ साराले भनिन्।
के तपाइँलाई थाहा छ, अमृता र करिना बाहेक पनि सैफ अली खानको अर्की एक महिलासँग अफेयर थियो। हामीले जानकारी दिन खोजेकी महिला रोजा क्याटलानो हुन्। अमृता सिंहसँग १३ वर्षदेखिको सम्बन्ध विच्छेद भएपछि सैफको जिन्दगीमा मोडल रोजा क्यालानो आएकी थिइन्। उनीहरुबीच दुई वर्षसम्म अफेयर चल्यो।
अक्टोबर १९९१ मा फैसले अमृतासँग विवाह गरेका थिए। त्यतिबेला सैफ २१ वर्षका थिए। अमृता ३३ वर्षकी थिइन्। त्यतिबेला सैफले फिल्ममा आफ्नो करियर सुरु नै गरेका थिएनन्। सैफको परिवार अमृतासँग विवाह गर्ने पक्षमा थिएन। विवाहपछि लामो समयसम्म सैफ अमृताको घरमै बसेका थिए। सैफको विवाहमा करिना पनि आफ्नो परिवारसँग गएकी थिइन्। त्यतिबेला करिनाको उमेर मात्र १० वर्षको थियो। २००४ मा सैफ–अमृताबीच सम्बन्ध विच्छेद भयो। उनका सन्तान सारा र इब्राहिम अहिले अमृतासँगै बस्छन्।
भनिन्छ, अमृतासँगको सम्बन्ध विच्छेदपछि सैफले अमृताका सबै एकाउन्ट फ्रिज गराएका थिए। कतिसम्म भने सैफले आफ्ना दुई सन्तान सारा र इब्राहिमकालागि पैसा दिनसमेत बन्द गरेका थिए। यही कारण केही समयसम्म अमृताले टेलिभिजनमा पनि काम गरिन्।
रोजा क्याटलानोका कारण सैफ र अमृताको सम्बन्ध विच्छेद भएको मानिन्छ। इटलीमा जन्मिएकी रोजा स्विट्जरल्याण्डमा मोडलिङ गर्थिन्। २००४ मा सैफको अमृतासँग सम्बन्ध विच्छेद हुनु भन्दा पहिला उनी सैफको सम्पर्कमा आएकी थिइन्। रोजा र सैफको भेट केन्यामा भएको थियो। सैफसँग भेटभएपछि रोजाले भारत आउने निर्णय गरिन्।
त्यतिबेला सैफ आफ्नो करियरको सुरुवातमा थिए। र, सैफले आफू विवाहित भएको बताएका थिएनन्। सैफसँग अफेयर भएपछि रोजा भारत आएकी हुन्। भारत आएपछि सैफका दुई बच्चा पनि छन् भन्ने उनले थाहा पाएकी थिइन्। रोजा भारत आएकै वर्ष सैफले अमृतालाई डिभोर्स दिएका थिए। रोजा र सैफबीच दुई वर्षसम्म अफेयर चल्यो। तर के कारणले उनी अलग भए भन्ने कारण भने अहिलेसम्म खुल्न सकेको छैन।
कतिपयले सैफ र अमृता छुट्टिनुको कारण रोजालाई मानेका छन्। तर स्वयं सैफले जे बताए त्यो भने फरक थियो। सैफले आफूसँग अलग हुने अमृताको निर्णयमा रोजाको कुनै हात नभएको बताएका छन्। उनले विवाह भएको केही दिनसम्म आफूहरुबीचको सम्बन्ध निकै राम्रो चलेको तर पछि अमृताले आफूलाई दुख दिन सुरु गरेको बताएका थिए। सैफका अनुसार अमृता सैफकी आमा शर्मिला टैगोर र बहिन सोहा–सबालाई गाली गर्थिन। १३ वर्षसम्म अमृतलाई झेलेपछि सैफ अगल भए। दुवैबीच पाँच करोड रुपैयाँमा सेटलमेन्ट भएको थियो।
२००६ मा विशाल भारद्वाजको फिल्म ‘ओमकारा’ को शुटिङका क्रममा सैफ–करिनाको भेट भएको थियो। त्यतिबेला करिना र शाहिदबीच अफेयर चलिरहेको थियो। उता सैफ गर्लफ्रेण्ड रोजासँग अलग भइसकेका थिए। २००७ मा ‘जब वी मेट’ को शुटिङका क्रममा शाहिद–करिनाले अलग हुने फैसला गरे। त्यसपछि ‘टशन’ को शुटिङका क्रममा सैफ–करिना नजिक भए। उनीहरुको अफेयरको चर्चा हुन थाल्यो। अफेयर चलेको पाँच वर्षपछि २०१२ मा दुवैले विवाह गरे। फैस करिना भन्दा दश वर्ष जेठा छन्।



