‘मिस नेपाल–२०१८’ को उपाधि जितीसकेकी श्रृखंला खतिवडा ‘मिस वर्ल्ड–२०१८’मा सेमी फाइनलमा प्रवेश गरी सकेकी छन् । अहिले सामाजिक सञ्जालमा उनको चर्चा उत्कर्षमा छ ।

‘मिस वर्ल्ड–२०१८’ को फाइनल यही मंसिर २२ गते अर्थात डिसेम्बर ८ चीनको सान्या सहरमा हुँदैछ । मिस वर्ल्ड–२०१८ को विभिन्न चरणका प्रतिस्पर्धामा नेपालको प्रतिनिधित्व गर्दै सहभागी भएकी मिस नेपाल–२०१८ शृंखला खतिवडा अघिल्लो चरणमा पुगेकी छन्।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

एक सय २१ देशका सुन्दरी सहभागी प्रतियोगितामा शृंखला उत्कृष्ट ३० मा छनोट भएकी शृङ्खला सेमिफाइनलमा पुगेकी हुन् ।

केही दिन अघि ‘मिस वर्ल्ड–२०१८’ को स्टेजमा एउटा प्रश्न सोधिएको थियो ‘नेपालमा सबैभन्दा ठूलो समस्या के हो र त्यसको समाधान तपाईँ कसरी गर्नुहुन्छ ?’ यही प्रश्नमा शृङ्खलाले आत्मविश्वासका साथ उत्तर दिएकी छन् ।

https://www.facebook.com/ShrinkhalaKhatiwada2018/videos/285332815429778/