नेपाल आमाकी छोरी श्रृंखला खतिवडाले मिस वल्र्ड– २०१८ को उपाधिको अब्बल प्रतिस्पर्धीको रुपमा आफुलाई प्रस्तुत गरेर दुनियाँ चकित पारेकी छिन् । उनी अहिले भोटिङ मार्फत अन्तिम चयन हुने चरणमा पुगिसकेकी छिन् । उनलाई भोटपनि निक्कै आकर्षक आइरहेको छ ।यो समाचार तयार पार्दा समेत उनी अग्र स्थानमा छिन् ।

उनी मिस वल्र्ड– २०१८ भएमा उनीसँगै नेपाललाई विश्वले चिन्नेछ । अहिलेसम्म यो उपाधिको नजिक नेपालका कोहीपनि पुगेका थिएनन् । कात्तिक २३ गते शुक्रबार मिस वल्र्ड– २०१८ मा सहभागिता जनाउन चीनतर्फ उड्ने क्रममा श्रृंखलाले त्रिभुवन विमानस्थलबाटै नेपाली झन्डा फहराउँदै एउटा आकर्षक तस्बिर पोस्ट गरिन् । उक्त तस्विरले धेरैको मन जितिरहेको छ ।

भिडियो हेर्नुहोस्

शृंखलाको भोटमा उनको नाममा खुलेका फेक एकाउन्टहरुले तनाब दिईरहेका छन् । त्यसमध्यको एउटा नक्कली पेज हो यो पेज https://facebook.com/shrinkhalakhatiwadafanpage/ जुन पेजलाई शृंखलाले आफ्नो फेसबुक मार्फत सेयर गर्दै भनेकी छिन यो पेजले मलाइ मेरो भोटमा असर गरिरहेको छ यो पेजलाई सबैले रिपोर्ट गर्नुहोस यो मेरो आधिकारिक पेज होईन ।

त्यसो हो भने शृंखला खतिवडाको वास्तविक फेसबुक एकाउन्ट पेज र मिस वल्ड नेपालको पेज कुन हो त ?

१, शृंखला खतिवडाको वास्तविक फेसबुक यो हो यहाँ क्लिक गर्नुहोस !

२, शृंखला खतिवडाको वास्तविक फेसबुक पेज यो हो यहाँ क्लिक गर्नुहोस !

३, मिस वल्ड नेपालको आधिकारिक फेसबुक पेज यो हो यहाँ क्लिक गर्नुहोस

सिधा न्युज बाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय