एजेन्सी । साउथ सुपरस्टार रजनीकान्त र अभिनेता अक्षय कुमार अभिनित फिल्म ‘२.०’ नोभेम्बर २९ मा प्रदर्शन भएको केही घण्टा भित्रै अनलाइनमा लिक भएको छ ।
यसले फिल्मका निर्माताहरुलाई घाटाका साथै ठूलो झड्का लागेको छ । फिल्म ‘२।०’ तमिलरकर्स नामक एक वेबसाइटमार्फत लिक भएको हो ।
अझै रोचक कुरा के छ भने पाइरेटेड वेबसाइट तमिलरकर्स आफैँले ट्वीटरमार्फत फिल्म निर्मातालाई चेतावनी दिँदै फिल्म ‘२.०’ लिक भएको जानकारी दिएको थियो ।
अभिनेता अक्षय कुमारले फिल्म निर्माताहरुलाई घाटा हुनबाट बचाउनका लागि आफ्ना फ्यानहरुलाई अनलाइनमा लिक भएको फिल्म नहेर्न अनुरोध गरेका छन् ।



