काठमाडौं। एपिवान एचडिबाट प्रसारित नेपाल आइडलको दोस्रो सिजन अहिले अन्ततिर आइपुगेको छ। हजारौं प्रतिस्पर्धीबाट नेपाल आइडलले आफ्नो टप ५ प्रतिस्पर्धी पाएको छ। अबको केही महिना भित्र देशले दोस्रो नेपाल आइडल पाउने छ।
हिजो शुक्रबार प्रसारित नेपाल आइडलको एपिसोड ३२ मा नेपाल आइडलले टप ५ प्रतियोगी पाएको हो । हिजो टप ६ को प्रस्तुती पछि अन्तमा एकजना आउट भएपछि नेपाल आइडलले टप ५ पाएको हो ।
हिजो गेस्ट जजका रुपमा नेपाली संगीत जगतका उत्कृष्ट गिटारिस्ट गोपाल रसाईली र चर्चित अभिनेत्री नम्रता श्रेष्ठ आएकी थिइन् । यस भिडियोमा हामी अस्मिता अधिकारी र रवि ओडको प्रस्तुती देखाउँदैछौँ । यी दुईले निकै नै रोमान्टिक गीत गाएका छन् भने जजहरुको तारिफ पनि उत्तिकै पाएका छन् ।
भिडियोमा हेर्नुस् :



