काठमाडौं– युवा पुस्तामाझ चर्चित बनेको रियालीटी शो भ्वाइस अफ नेपालको ग्राण्ड फिनाले विदेशमा हुने भएको छ ।
आइतबारको एपिसोडमा भ्वाइस अफ नेपालको आयोजकले ग्राण्ड फिनाले कतारको राजधानी दोहामा गर्ने घोषणा गरेको हो ।
पहिलाे भ्वाइस अफ नेपाल चयन हुनेले २५ लाख नगद, कार र २० लाख बराबरको एल्बम कन्ट्र्याक पाउनेछन् ।
आयोजकका अनुसार आगामी शनिबार अन्तिम ८ मा पुग्ने प्रतियोगीबीच प्रतिस्पर्धा हुनेछ भने त्यहाँबाट ग्राण्ड फिनालेमा पुग्ने प्रतिस्पर्धीबीच डिसेम्बर १४ मा कतारमा फाइनल प्रतिस्पर्धा हुनेछ ।



