काठमाडौं । बलिउड हट अभिनेत्री जरिन खानले आफ्नै पूर्वम्यानेजरविरुद्ध प्रहरीमा उजुरी दिएकी छन् ।

भद्दा म्यासेजसहित ज्यान मार्ने धम्की दिएको भन्दै उनले प्रहरीमा उजुरी गरेकी हुन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

पूर्वम्यानेजर अंजलीले जरिनसँग चार महिना काम गरेकी थिइन् । पारिश्रमिक नदिएको विवादमा अंजलीसँग उनको मनमुटाव रहेको थियो ।

यहि विषयमा म्यासेजमा कुरा हुँदा अंजलीले गालीगलौज गरी ज्यान मार्ने धम्की दिएको जरिनले उल्लेख गरेकी छन् ।