कमल साउद । दोहा, कतार । नेपालको चर्चित रियालिटी शो द भ्वाइस अफ नेपालको फाइनल प्रतिस्पर्धा कतारको दोहामा आज शुक्रबार हुँदैछ।

फाइनलका लागि सबै तयारी बिहीबार राती सकिएको छ। टप-४ प्रतिस्पर्धी आज यहाँको फाइनल मञ्चमा अन्तिम प्रस्तुती दिने तयारीमा व्यस्त छन्। उनीहरूसहित कतार आएका टप-८ र केही छानिएका अन्य प्रतिस्पर्धीले पनि फाइनलमा आफ्नो गायन कला प्रस्तुत गर्नेछन्

शुक्रबार प्रमोद खरेल कतार आइपुगेसँगै सबै कोचहरू यहाँ अन्तिम प्रतिस्पर्धाका लागि तयारीमा जुटेका छन्। पाहुना कलाकारको रूपमा धुर्मुस सुन्तलि पनि हिजो बिहीबार नै कतार आाइपुगेका छन्।

चार कोचका चार प्रतिस्पर्धीबाट एकजना नेपालको पहिलो द भ्वाइस अफ नेपाल हुनेछन्। कोच दिपबाट सिडि बिजय अधिकार, कोच प्रमोदबाट सिर्जय थपलिया, कोच अभयाबाट कुशल आचार्य र कोच सनुपबाट सप्तक दुतराज फाइनलमा भिड्दैछन्। प्रतिस्पर्धीबीच द भ्वाइसको ताज हातपार्ने होड एकातिर छ भने कोचहरूबीच पनि आफ्नो टिम सदस्यलाई विजयी बनाउने रस्साकस्सी उस्तै वेजोड देखिन्छन।

डिसी नेपाल टिम द भ्वाइसको विशेष कभरेजका लागि कतार पुगेको छ। कतारमा के हुँदैछ? अन्तिम प्रतिस्पर्धीका गतिबिधि र उनीहरूको तयारी अनि समग्र फाइनलका लागि यहाँ जुटेका कोच, अतिथि कलाकार, आयोजक एवं सहभागी नेपाली समुदायका प्रतिकृया र उत्साहलाई भिडियो, तस्विर र समाचारबाट पस्किएका छौं।

कतारबाट प्रस्तुत गरिएका यी भिडियो सामग्री हेर्नुहोस्ः

https://youtu.be/8MaSBDaTer4

 

https://youtu.be/i4tIW2E0lIk

 

डिसी नेपाल बाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah