काठमाडौँ। एपीवान एचडीबाट प्रसारण भइरहेको गायन रियालिटी सो नेपाल आइडलको दोस्रो सिजन अन्त्यतिर आएको छ।

हजारौँ प्रतिस्पर्धीबाट नेपाल आइडलले आफ्नो टप ४ प्रतिस्पर्धी पाएको छ। नेपाल आइडलका टप ४ प्रतियोगी हुन् - विक्रम बराल, अस्मिता अधिकारी, सुमित पाठक र रवि ओड। नेपाल आइडलको फिनाले पौष ६ गते हुनेछ। बिहीबार प्रसारित नेपाल आइडलको एपिसोड ३५ मा टप ४ प्रतियोगीले आफ्नो प्रस्तुति दिए। यिनै चारबाट अर्को साता नेपाल आइडलको विजेता घोषणा गरिनेछ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

हिजो प्रसारित एपिसोडमा पहिलो प्रस्तुति लिएर आएका थिए रवि ओड। उनले दुई गीतमा आफ्नो प्रस्तुति दिएका थिए। आफ्नो प्रस्तुतिपछि रविले तिनै जना जजको स्ट्यान्डिङ ओभेसन र रेस्पेक्ट पाए ।

https://youtu.be/Uf9bvouIW4o