बलिउड अभिनेत्री कंगना रनावतको फिल्म ‘मणिकर्निका’को ट्रेलर सार्वजनिक भएको छ । झाँसीकी रानीको कथामा तयार भएको सो फिल्मको ट्रेलरले ‘बाहुबली’को झल्को दिन्छ ।
मंगलबार सार्वजनिक भएको सो ट्रेलरमा अंग्रेज र भारतबीचको युद्धको विषयलाई देखाइएको छ । ट्रेलरमा कण्ंगनालाई फरक गेटअपमा देखाइएको छ । उनले एक योद्धा, आमालगायत फरक–फरक भूमिका निभाएकी छन् ।
चलचित्रमा कंगनाबाहेक जिसु सेनगुप्ता, सुरेश ओबरोय, डेन्नी डेन्जोंप्पा, अतुल कुलकर्नी, अंकिता लोखण्डे, मिस्टीलगायतको अभिनय रहेको छ ।
यस चलचित्रका लेखक भी भीएएन्द्र प्रसाद हुन् । जसले ‘बाहुबली’ र ‘भाग मिल्का भाग’ जस्ता हिट फिल्महरु लेखेका छन् । राधा कृष्णले निर्देशन गरेको यस फिल्म सन् २०१९ को जनवरी २५ बाट प्रदर्शनमा आउँदैछ ।



