काठमाडौँ। हजारौँ प्रतिस्पर्धीबाट छानिएर आएका प्रतिस्पर्धीलाई पछि पार्दै सुदूर पश्चिम कञ्चनपुरको एक सामान्य परिवारका रवि ओड विजेता बन्न सफल भए। रवि नेपाल आइडल बनिरहँदा उनका पिता भने भारतमा मजदुरी गरिरहेका छन्।

टाएल छाएको रविको घरमा उनका आफन्त र छिमेकीले खुसीयाली मनाइरहेका छन्। टाएलले छाएको कच्ची घर, ढोका नभएर तन्नाले ढाकेको शौचालय र बुवा भारतको चौकीदारीमा। तर अब भने रविको भाग्य बदलिएको छ। आफन्तहरू उत्साहित छन्।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

टेलिभिजनको पर्दामा उनको प्रदर्शन लाखौँ जनताले हेरिसके पनि रविको घरमा टेलिभिजन मात्रै हैन बिजुली समेत छैन। नेपाल आइडलको फिनाले हेर्न उनका परिवार र गाउँलेहरू उनको ठुलो बुवाको घरमा भेला भएका थिए।

पूरा जानकारी एपी वान टिभीको भिडियो रिपोर्टमा।

https://www.facebook.com/ap1tv/videos/439294273273286/