बलिउडमा महिना दिन अघिसम्म ‘मि टू’ अभियानले खुबै चर्चा पाएको थियो । तर, अब यो चर्चा सेलाएको छ । तर, पनि यस बिषयमा केहि नायिकाहरुले आफ्नो अनुभव शेयर भने गरिरहेका छन् । नायिका अदिती रोय हैदरी आफ्नो ‘मि टू’ अनुभव शेयर गरेकी छिन् ।

एक कार्यक्रममा बोल्दै अदितीले भनिन्–‘मैले बलिउडमा त्यस्तो ठूलो यौन दुर्व्यवहार त सहन परेनँ । तर, मसँग एउटा अनुभव छ । मलाई ‘हुन्छ या हुन्न’ भन्ने विकल्प दिइएको थियो । मैले, ‘हुन्न’ भन्ने विकल्प रोज्दा ८ महिना काम पाउन सकिनँ । यसले मलाई निकै नै दिकदार बनाएको थियो ।’

अदितीले आफ्नो टिमको साथले आफूले ८ महिनापछि काम पाएको बताइन् । उनले अगाडि थपिन्–‘हो, यस बिषयमा हामीले नबोल्दा मानिसहरु उनीहरुलाई जे गरेपनि हुन्छ भन्ने सोच्छन् । या कतिपय अवस्थामा यस्तो कुरा बोल्दा यो चर्चाका लागि हो भन्ने वुझ्छन् । यसैले यस्ता कुरा बोल्दा आफू पनि त्यसका लागि तयार हुनुपर्छ ।’

अदितीले भनिन्–‘मलाई त्यस्तो व्यवहार हुँदा म कमजोर त भइनँ, तर धेरै रोएकी थिएँ । किनकी, बलिउडमा महिलाहरुलाई यस्तो व्यवहार गरिन्छ भन्ने सुनेकी थिएँ, आफूले भोग्दा दुःख लाग्यो ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah