उत्ताउलो हाउभाउका कारण सधैँ चर्चामा रहने गायिका ज्योति मगरले आफ्नो गायकीको ‘ज्योती’ छर्दै केराबारीबासीलाई तताएकी छन्। मच्छिन्द्रनाथ मेलामा आईतबार राती गायिका मगरले आफ्नो ‘ज्योती’ बालेकी हुन्।

जाडो मौसममा लङ कोट र वन पिसमा आएकी मगरले सांगितिक प्रस्तुती दिईरहँदा केराबारीबासी निकै हौसिरहेका थिए,जव ज्योतीले लङ कोट खोलेर नृत्यसहितको सांगितिक प्रस्तुती दिन शुरु गरिन केराबारीबासी जाडोमा पनि पसिना पसिना भए।

ज्योतीको प्रस्तुतीमा ‘धुलो उडाउँदै’ कम्मर मच्चाएका श्रोता दर्शक पनि ज्याकेट, स्वेटर खोलेर तालमा ताल अनि शुर मा शुर मिलाउँदै ‘धुलो उडाउँदै’ नाचेका थिए। ज्योतीले मच्छिन्द्रनाथ मेलामा उहि मुलाको सिन्की, ढाडे बिरालो, जिम्बाल बाउकी छोरी जस्ता गित गाएर दर्शक श्रोतामा ‘ज्योती’ छरेकी थिईन।

आयोजकका अनुसार ज्योतीले ‘ज्योती’ छर्न थालेपछि श्रोता दर्शको भिड बढेर आयोजकलाई भिड नियन्त्रण गर्न हम्मे हम्मे परेको थियो।

आज सोमबार दिउसो मच्छिन्द्रनाथ मेलामा बिभिन्न जातजातीका झाँकी प्रदर्शन अनि लेटाङ्ग नगरपालिका भलिबल टिम र पथरी भलिबल टिमबीच भलिबल प्रतियोगिता हुने आयोजक मच्छिन्द्रनाथ मेला आयोजक समितिका बिमल चेम्जोङ्गले जानकारी दिनुभयो। प्रतियोगिता अन्तरगत आईतबारको खेलमा मुगु भलिबल टिमले आयोजक मच्छिन्द्र भलिबल क्लवलाई पराजित गर्दै फाईनल प्रवेश गरेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah