राजेन्द्र आचार्य चितवन, २ माघ । चितवन यतिवेला महोत्सवमय बनेको छ । विशेष जाडो मौसम सरु भएसगैँ यहाँ विभिन्न मेला महोत्सवका कारण जिल्ला नै महोत्सवमय बनेको हो । पूर्वी चितवन महोत्सवबाट सुरु भएको मेला महोत्सव गर्ने क्रम प्रथम खैरहनी महोत्सव, चितवन हात्ती महोत्सव हुदै १२ औँ संस्करणको चितवन महोत्सव,खिचरा महोत्सवले जिल्लाको महोल नै तातेको छ । मेला महोत्सवमा सबैभन्दा बढी आर्कषण सांगितिक प्रस्तुतीमा दर्शकहरुले मनोरञ्जन लिने गर्दछन् । जसका कारण यतिवेला कलाकार, गायक गायिकाहरुको चटारो समेत बढेको छ । एकपछि अर्को महोत्सवमा आफ्नो प्रस्तुती दिन भ्याईनभ्याई छ । यतिवेला राष्ट्रिय स्तरमा चर्चा कमाएका देखि स्थानियस्तरका कलाकार र गायक गायिकाहरु व्यवस्त छन् । यि मध्ये एक हुन् अहिले चर्चाको शिखरमा रहेका बाल गायक प्रिन्स सिल्लवाल । ११ बर्षिया प्रिन्स “न मानामा नापिन्छ माया” बोलको गीतबाट साँगितक क्षेत्रमा प्रवेशसगैँ उनको यतिवेला सुरिलो स्वर र फरक प्रस्तुतीका कारण लोकप्रिय बनेका छन् । जसका कारण उनी यतिवेला महोत्सवमय बनेको चितवनमा व्यस्त छन् । चितवनको पर्यटकीय नगरी सौराहा घर भई हाल काठमाडौँको गोल्डेन होराईजन एकेडेमी बालाजुमा कक्षा ५ मा अध्ययनरत प्रिन्सको दैनिकी समेत फेरिएको छ । जाडो मौसमा घर विदामा आउदाँ प्राय रमणीय सौराहा घुम्नेसगैँ आफ्ना परिवार र साथीसगँ रमाउने उनी अहिले विभिन्न मेला महोत्सवमा आफ्नो प्रस्तुती रोचक कसरी बनाउने भनेर व्यस्त बनेको बताए । “पढ्ने वेलामा पढ्न पर्यो,पहिलो गीत भन्दा दोश्रो गीत छिटो बजारमा आएपछि सबैको माया पाए, उत्साह बढ्यो । अनि पहिलो गीत समेत केहिदिनमा भिडियोसहित सार्वजनिक गर्दै छु उनले भने । ममी र बाबाको साथले हौसल मिलेपछि, कसरी स्टेजमा राम्रो प्रस्तुती दिनेर भनेर स्कुल विदाको समय वित्छ ।” एक हप्ता विदामा आएका प्रिन्स यतिवेला गृहजिल्ला चितवनका विभिन्न मेला महोत्सवमा आफ्नो दुई गीत र “दाई रुमाल भाउजुलाई मन पर्यो ” गीत गाएर सबैको मन जितेका छन् । उनी स्टेजमा पुगेपछि सबैजना सन्चै हुनुहुन्छ, अनि र्दशकलाई प्रश्न गर्छन् तपाईहरु मायामा नाप्न सक्नुहुन्छ ? तुलामा नि भन्दै दर्शकको साथ लिदै प्रस्तुती दिदै आएका छन् । “पहिलो गीत रेर्कड भो, अनि लगत्तै राम्रो भएपछि दशैमा नै दशै विशेष गीतका कारण लोकप्रिय भएरपछि मेला महोत्सवमा बाबुको प्रस्तुती दिन पर्यो भनेर खबर आउदाँ म पनि खुसी छु गायक प्रिन्सका बुबा रमेश सिल्लवालले भने, अहिले बाबुलाई लिएर गएर गीत आउदाँ वान्स मोर आउदाँ निकै खुसी छु । ” सौराहाकै चितवन हात्ती महोत्सवमा स्टेज प्रफमेन्स राम्रोभएपछि, उनले जिल्लामै आयोजना भएको चितवन महोत्सव, खिचरा महोत्सव, क्याम्पाचौर फुड फेष्टिवल निकै राम्रो प्रस्तुती दिए । “हामी त अचम्म पर्यौँ चितवनका संगितकार प्रसाद श्रेष्ठले भने निकै राम्रो गीत गाउने मात्र होईन्, स्टेजमा समेत बबाल गर्दा हामी चकित पर्यौँ, सम्भावना छ, चितवनलाई फेरि चिनाउनेमा विश्वस्त छु ।”
बाल गायक प्रिन्सको महोत्सवमय चितवनमा बेजोड प्रस्तुती
सवाल नेपालसंवाददाताबुधबार, १ माघ २०७५
९शेयर

बाल गायक प्रिन्सको महोत्सवमय चितवनमा बेजोड प्रस्तुती
यो समाचार शेयर गर्नुहोस्:
९शेयर

« यो पनि पढ्नुहोस्
‘लत’ लाग्ने सामग्री परिवर्तन गर्न टिकटकलाई ईयूको निर्देशन

यो पनि पढ्नुहोस् »
मदिराबाट टाढा रहने नायकहरू
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

‘लत’ लाग्ने सामग्री परिवर्तन गर्न टिकटकलाई ईयूको निर्देशन
शनिबार, २५ माघ २०८२
मदिराबाट टाढा रहने नायकहरू
बुधबार, १७ माघ २०८०
झापाकी मेनुकाले रुवाइन इण्डियन आइडलका जर्जलाई र जितिन् ‘गोल्डेन माइक’
सोमबार, २३ असोज २०८०
निजम केशी फिल्म्स् (Nizam KC Films) को तीन लघु चलचित्र संग्रह
शुक्रबार, १६ असार २०८०
गोविन्दाकी श्रीमती सुनिता किन ट्रोल भइन् !
बिहीबार, ४ जेठ २०८०



