कमेडियन कपिल शर्माको चर्चित कार्यक्रम ‘द कपिल शर्मा शो’ सिजन २ सुरु भएसँगै चर्चामा रहेको छ । शोलाई मानिसहरुले मन पराइरहेका छन् ।
शो टीआरपीको लिष्टमा पनि दोस्रो नम्बरमा पुगेको छ । अर्कोतर्फ सुनील ग्रोवरको शो ‘कानपुर वाला खुरानाज’ बन्द भएको छ । शो बन्द हुनुमा सुनील नै कारण हुन् । उनका अनुसार आफ्नै कारणले शो बन्द भएको हो । आफूले मात्र ८ हप्ताका लागि साइन गरेका कारण शो बन्द भएको उनले बताएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
उनले ८ हप्ताका लागि मात्र कार्यक्रमका लागि साइन गर्नुको कारण फिल्म ‘भारत’ को लागि भएको जनाइएको छ । पछिल्ला दिन फिल्मको शुटिङ भइरहेको छ । भारत को सुटिङ सकिन एक डेढ महिना लाग्ने बताइएको छ । शो बन्द भएसँगै सुनील कपिल शर्मा शोमा आउने अड्कलहरु समेटिएका समाचारहरु भारतीय सञ्चार माध्यमहरुमा रहेका छन् । भारतीय सञ्चारमाध्यमहरुका अनुसार सुनील फिल्म भारतको सुटिङ सकिएसँगै कपिल शर्माको शोमा आउने सम्भावना पनि रहेको छ ।
यसमा केही कारणहरु रहेको बताइएको छ । कपिल शर्माले सुनीललाई शोमा आउन लगातार बोलाउँदै आएका छन् । सार्वजनिक कार्यक्रमहरुमा नै कपिलले सुनीललाई कार्यक्रममा सहभागी हुन आग्रह गरिसकेका छन् ।
दोस्रो कारण पछिल्लो दिन सुनीलले पनि यदी मौका मिलेमा कपिलसँग फेरि काम गर्न केही समस्या नभएको बताएका थिए । आफ्नो र कपिलको बीचमा केही समस्या नभएको सुनीलले बताएका छन् ।
तेस्रो कारण, पुराना टिमका साथीहरुसँग कपिलको राम्रो सम्बन्ध थिएन । पहिला कृष्णा, अभिषेक तथा कपिलका बीच विवादका समाचारहरु आएका थिए तर उनीहरु शोमा फर्किएका छन् । कपिलले सबै पुराना साथीलाई शोमा ल्याएका छन् भने सुनील पनि शोमा पुन आउन केही समस्या हुनेछैन र उनी आउँनेछन् भन्ने धेरै फ्यानहरुको आशा रहेको छ ।
तर कपिलको शोमा सुनील ग्रोवर आउने विषयमा कुनै आधिकारिक जानकारी सार्वजनिक भएको छैन । प्रशंसकहरु चाहन्छन् कि टीभी कमेडीलाई दुबै सुपरस्टारको आवश्यकता छ र उनीहरुले साथमा गरेका प्रदर्शन हेर्न पाइयोस् ।



