काठमाडौं । नायिका ऋचा शर्माले आफूलाई हार्ट अट्याक नभएको बताएकी छिन् ।

उनले छातिमा अकस्मात समस्या भएपछि बिहीबार साँझ थापाथलीको एउटा निजी अस्पतालमा उपचारका लागि भर्ना भएको बताएकी छिन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

नायिका शर्माले स्वास्थ्यमा सुधार आएको पनि बताएकी छिन् । छाती अचानक दुखेपछि शर्मालाई अस्पताल भर्ना गरिएको थियो ।

शर्माको आइसियूका उपचार भैरहेको छ । अस्पतलाबाटै सामाजिक सञ्जालमा आफ्नो स्वाथ्यबारे अपडेट गराउँदै ऋचाले आफूलाई हृदयघात नभएको र छातिमा सामान्य समस्या भएर अस्पताल भर्ना भएको बताएकी छिन् ।

नायिका शर्माले भनेकी छिन्, ‘मलाई हृदयघात भएको होइन, सबै रिपोर्टहरू सामान्य छन् ।’