काठमाडौं । सोसियल मिडिया फिल्म अवार्ड २०७५ को उत्कृष्ट पाँच मनोनयन सार्वजनिक भएको छ । फिल्म निर्देशक संगीता श्रेष्ठ, व्लगर तथा सम्पादक केपी ढुङ्गाना र फिल्म सम्पादक, एनिमेटर करण थापाको निर्णायक मण्डलले १२ विधाका उत्कृष्ट पाँच मनोनयन सार्वजनिक गरेको हो ।

’ड्रिम वर्ल्ड अफ फिल्म मेकर्स’ले आयोजना गर्ने अवार्ड कार्यक्रम माघ २७ गते हुने कार्यक्रममा आयोजक संस्थाका अध्यक्ष एवं छायाँकार सवनम मुखियाले बताईन् । संयोजक रविन आचार्यले अवार्ड औपचारिक र अनौपचारिक शिक्षा लिएका सबैका लागि प्लेटफर्म रहेको बताएका छन् । निर्णायक संगीताले अवार्डका लागि सहभागी सर्ट फिल्महरुले राम्रो विषयवस्तु उठाएको बताइन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

कार्यक्रम तिन चरणमा सम्पन्न भएको थियो । पहिलो चरणमा बुलबुल फिल्म को समुहद्धारा सहभागीहरुलाई फिल्म सम्बन्धी वर्कशप भएको थियो भने दोस्रो चरणमा निर्देशक दिपेन्द्र के खनाल सँग सहभागीहरुको अन्तक्रिया र तेस्रो चरणमा नोमिनेशन सार्वजनिक भएको थियो । चलचित्र विकास बोर्डका सदस्य एवं निर्देशक दयाराम दहाल, कलाकार केशव भट्टराई लगायत उपस्थित थिए ।

उत्कृष्ट पाँच उत्कृष्ट डकुमेन्ट्री मास कोरियोग्राफी ७.८ म्याग्निच्यूड जोगी समृद्धी मिशन एभरेस्ट

उत्कृष्ट सर्ट फिल्म अलिखित पुन्टेको पाङ्ग्रो समय र सपना बोकाहरु साइबर क्राइ उत्कृष्ट सर्ट फिल्म निर्देशक पुन्टेको पाङ्ग्रो – सचिन घिमिरे द आर्टि्स्टिक आर्टिस्ट – जेसन लोप्चन साइबर क्राइ – अनिश जंग थापा अलिखित – देव कुमार श्रेष्ठ द ग्रेट ड्याड – अलेक्जेन्डर सन्नी जेसवाल

उत्कृष्ट सर्ट फिल्म सम्पादक पुन्टेको पाङ्ग्रो – मुकेश चौधरी द आर्टि्स्टिक आर्टिस्ट – राज खनाल बोकाहरु – निमा लोप्चन अलिखित – अनिरुद्ध दवाडी द ग्रेट ड्याड – अलेक्जेन्डर सन्नी जेसवाल

उत्कृष्ट सर्ट फिल्म सिनिमेटोग्राफर पुन्टेको पाङ्ग्रो – गौतम धिमाल द आर्टि्स्टिक आर्टिस्ट – बिकल थापा बोकाहरु – निमेष श्रेष्ठ पाखुरी – नकुल सुनुवार समय र सपना – बिनोद केसी

उत्कृष्ट सर्ट फिल्म ध्वनी पुन्टेको पाङ्ग्रो – बिनय अधिकारी द आर्टि्स्टिक आर्टिस्ट – ब्रिजेश राईरसुदीप श्रेष्ठ बोकाहरु – निमेष श्रेष्ठ अलिखत – आशिष भण्डारी समय र सपना – देवेन्द्र नेवा

उत्कृष्ट सर्ट फिल्म अभिनेता पुन्टेको पाङ्ग्रो – सुमित देशार द आर्टि्स्टिक आर्टिस्ट – प्रवेश एम सी बोकाहरु – अनिश जंग थापा समय र सपना – मिलन मिश्र अलिखित – श्याम सुन्दर धिताल

उत्कृष्ट सर्ट फिल्म अभिनेत्री पुन्टेको पाङ्ग्रो – सोनिका घिमिरे लाचार – स्मृति न्यौपाने द लास्ट लेटर – सजना थापा साइबर क्राइ – दीया मास्के अलिखित – अन्जसा रिजाल

उत्कृष्ट पाँच ट्रोल ट्रोल फुटबल ट्रोल फुटबल ट्रोल फुटबल ट्रोल फुटबल ट्रोल टक

उत्कृष्ट पाँच न्यूज भिडियो अश्विन ठकुरी सन्तोषी अधिकारी सन्तोषी अधिकारी सचिता बुढाथोकी अशोक पहाडी

उत्कृष्ट पाँच फेसबुक भिडियो निमेष श्रेष्ठ राजकुमार दर्जी उपेन्द्र जोशी सम ग्लिम्सेस अफ नेपाल दीपकुमार मिश्र

युट्युब भिडियो भिडियो अफ मिडल क्लास दशैं नेपाली इन्डियन सिरियल ह्वाट इफ दशैं वेयर अ पर्सन तीज गन र्वोङ म गर्न सक्छु