एजेन्सी । ब्रिटिश राजघराना हालका दिनमा एक नयाँ पाहुनाको स्वागतको तयारीमा छ । प्रिन्स ह्यारीकी पत्नि मेगन कर्मले यही अप्रिलमा बच्चालाई जन्म दिँदैछिन् । जसको कारण ब्रिटिश राज परिवारमा निकै उत्साह छ ।

तर, अब यस्तो खबर आएको छm जसले प्रियंका चोपडाका फ्यानलाई पनि खुशी दिन सक्छ ।

पश्चिमा सञ्चारमाध्यमका अनुसार मेगनकी निकट मित्र मानिने प्रियंका उनको हुनेवाला बच्चाकी गडमदर बन्न सक्ने चर्चा छ । ब्रिटिश राज परिवारमा एक् परम्परा छ ।

परम्पराअनुसार नवजात शीषुको धार्मिक संस्कारभन्दा पहिला आमा बाबुका केही निकटवर्तीहरुलाई गड प्यारेन्ट्सका रुपमा चुनिन्छ । यसमा नातेदार वा मित्र पनि हुन सक्छन् ।

किनकी प्रियंका मेगनकी निकट मित्रमा पछिन्, त्यसैले गडमदरका रुपमा उनको पनि चर्चा भइरहेको छ ।

मीडिया रिपोटर्सका अनुसार राजपरिवारकी कमेन्टेटर एन्ड्रिया बोएल्केले गडमदरका लागि पहिलो रोजाई मेगनकी साथी तथा स्टाइलिस्ट जेसिका मलरोनी हुन सक्ने बताएकी छन् ।

तर, पछि एक वेबसाइटसँग कुरा गर्दै एन्ड्रियाले प्रियंकाको नाम लिँदै मेगनले आफ्नो बच्चाको गडमदरका रुपमा उनलाई रोज्न सक्ने बताएकी थिइन् ।

मेगनसँग प्रियंकाको दोस्ती निकै चर्चित छ । प्रियंका चोपडा १९ मेमा भएको शाही बिहेमा पाहुना बनेकी थिइन् ।

बिहेपछि प्रियंकाले नवविवाहित जोडीको एक तस्वीर पोस्ट गरेर आफ्नी मित्र मेगनका लागि एक प्रेमील सन्देश लेखेकी थिइन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah