० सरकारले स्थानीय तहको निर्वाचन घोषणा गरेको छ, यसलाई कसरी लिनुभएको छ ?

– यो सकारात्मक कुरा हो । म सरकारलाई ढिलै भएपनि यो घोषणाका लागि धन्यवाद दिन चाहन्छु ।

० एकाथरीले सरकारको यो कदमलाई निर्वाचनको मिति घोषणा गर्ने तर अल्मल्याएर निर्वाचन चाँही नगराउने दाउका रुपमा लिएका छन् नि ?

– त्यो पनि संभावना छ । किनभने यिनिहरुमा इमान्दारिता छैन । यिनिहरु मुलुकप्रति संशेदनशील छैनन् । अहिलेको सत्तापक्ष र मधेशी मोर्चाका यि नेताहरुमा संवेदनशीलता छैन । त्यसकारण भोली त्यसो पनि हुनसक्छ । तर जनतामा निभ्न लागेको वत्ति जस्तो पिलिक–पिलक चुनाव हुन्छ कि हुँदैन कि भन्ने संशय थियो । ठिक यही बेला जुन घोषणा ग¥यो त्यो सकारात्मक हो । भोलीको व्यवहार हेर्दै जानु पर्छ ।

० यो निर्वाचनको घोषणसंगै मधेसी मोर्चाले आन्दोलनको आँधीबेहोरी ल्याउने भन्दैछ, मधेसी मोर्चाको सहमतिका वावजुद मधेसमा यतिबेला निर्वाचन हुन सक्छ त ?

– मधेसी मोर्चाका नेताहरु र दलहरुको पनि राजनीतिक स्वस्थता निर्वाचनबाटै प्रमाणीत हुन्छ । उहाँहरुले भाग लिनुपर्छ । किनभने लोकतन्त्रमा निर्वाचनदेखि भाग्नु हुँदैन । त्यसकारणले धेरै बाहाना बनाएर ज्यादा उग्र भएर गयो भने नोक्सानी अन्तमा उहाँहरुलाई नै हुन्छ । मधेसी जनतालेले त्यत्रो आन्दोलन र नाकावन्दीबाट भोगेका पिडाहरु अहिले फेरी चाहिरहेको छैन । केही सिमित युवा पुस्तामा उहाँहरुले र केही बाहिरीया शक्तिहरुले एक किसिमको विशाक्त हावा पसाइदिएको छ र त्यसको आधारमा उहाँहरुको आन्दोलनको लागि मनोबल बढ्नेछ । मधेसी जनताले भोली हिसाब माग्छ । सुशील कोइरालाको सरकारको पालामा संविधान निर्माण भयो । मधेसी मोर्चाका मित्रहरुले त्यतिबेलै यदि संविधानसभा भित्र उहाँहरुले सडक नतताएर सत्याग्रह गर्नुभएको भए दशगजामा ढाँट नतेस्र्याएर नाकाबन्दी नगरेको भए हुन्यो । त्यस्तो कदमले राष्ट्र र सिङ्गो नेपाली जनतालाई अफ्ठ्यारो पारे । उनीहरुकले त्यसो गर्नुको साटो यदी संसदभित्र सत्याग्रह गरेको भए त्यो जायज हुन्थ्यो । उहाँहरुको मागलाई म जत्तिको मधेसीले पनि अलि छुट्टै ढंगले विचार गर्नुपथ्र्यो । तर त्यो गरिएन । संविधान घोषणा गर्दा देब्रे हातमा संविधानको पुस्तक र दाहिने हातमा लाइटर बालेर सार्वजनिक रुपले त्यसलाई जलाए । ठ्याक्कै त्यसको १० दिनमा यही संविधानको व्यवस्था अनुसार जुन प्रधानमन्त्रीको चुनाव भयो त्यतिबेला ५२ जना मधेसका नागरिकहरुले ज्यान गुमाइसकेका थिए । तिनीहरुले उठाएको मधेस आन्दोलनमा ५२ जना मान्छे मरिसकेपछि पनि उनीहरु सत्ताको खेलमा आतुर भए । ति मान्छे मार्दा प्रधानमन्त्री शुसील कोइराला थिए । त्यत्रो जनता मर्दा एकछिन अफशोच पनि नगरिकन कुन चाही ठुला जमिनदारको आदेशमा आएर त्यही शुसील कोइरालालाई मतदान गरे । आज उनीहरुले ति मान्छेहरुलाई सहिद भनिरहेका छन् । म पनि तिनीहरुलाई मधेसको सहिद भन्छु । ती मधेसीका ५२ जना सन्तानले कुन चाँही अपराध गरेको थिए । हिजो लाइटर बालेर संविधान जलाइदियौं, आज त्यही संविधान अनुसार प्रधानमन्त्रीको चुनाव हुन गइराखेको छ, हामी त्यसमा भाग लिन जाँउ कि नजाँउ भनेर सोध्नुपर्दैन ? त्यसको हिसाव मधेसी जनताले यो चुनावमा खोज्छ ।

० तर,मधेसमा एमाले विरोधी भावना बढिरहेको छ भन्छन् नि ?

– हाम्रा पनि केही कमी कमजोरी छन्, तर हाम्रो विरोधमा मधेसमा झुठा प्रचार र भ्रमको खेती भएको छ । त्यसलाई हामीले समयमै चिन्न सकेनौं । आज उनीहरु आफुलाई लोकतान्त्रिक भन्छन् । हामीलाइ यिनीहरु मधेशमा लुकीछिपी हिड्छन् भन्छन् । जतिबेला यिनीहरु जन्मिएका थिएनन्, यि दलहरु जन्मिएका थिएनन्, म त्यतिबेला खुल्लम खुला राजनीति गरेर जेल जीवन बिताएको मान्छे हुँ । म निरंकुश राजत्रन्त्रको विरुद्धमा पनि हतियार बोकेर हिँडेको हुँ । त्यतीमात्र होइन १२ वर्ष भूमिगत रहेर पञ्चायतलाई खारेज गराएको हुँ । त्यसपछि मात्र खुला भएको हो ।

० मधेसमा त व्याण्डबाजा बजाएर एमालेलाई लखेटिदिने रे नि त ?

– लखेट्छ, अंगे्रजका गुलामहरु । त्यो व्याण्डबाजा त अंग्रेजको देशमा उत्पति भएको हो । पुर्वीय सम्भता र दर्शनहरुमा त सहनाई बाजा छ । हाम्रा पुर्खाहरुले निर्माण गरेको सहनाइ बाजा, शास्त्रीय संगीत गाँउदै त्यस्ता लम्पटहरुलाई जहाँबाट आएको छ , त्यही पुग्नेगरी मधेसबाट लखेट्छौं । मधेसकै धर्तीमा कम्युनिष्ट पार्टीको जन्म भएको हो । त्यत्रा किसान आन्दोलन भयो । यिनिहरु कसको बुई चढेर यस्तो भनिरहेछन् ?

० सिके राउतले त मधेसमा समस्या पारिरहेका छन् नि ?

–आज यहाँका कतिपय विज्ञ भन्नेहरु सिके राउतलाई प्रोत्साहन गरिरहेका छन् । मानव अधिकार रक्षक भन्नेहरुले बचाउ गरिरहेका छन् । म भन्न चाहन्छु कि देश टुक्राउन चाहने व्यत्तिको जो कोही खुलम खुला घोषणा गरेर जान्छ, त्यसको मानव अधिकार हुन्छ ?

० हिमाल पहाडसंग नजोडी मधेसको सिमाङ्कन गरिनु उपयुक्त हो त ?

–कदापि होइन । मैले त आफ्नो पार्टीको संसदीय दलमा देश यदि संघीयतामा जाने हो भने प्रदेश उत्तर दक्षिण हुनुपर्छ भनेको हुँ । त्यो भन्दाखेरी प्रचण्डको नेतृत्वमा सबै मधेसी मोर्चाका नेता ३१ दलको गठबन्धन गरेको थियो । उनीहरुले मलाई जिल्ला प्रवेशमा रोक लगाइदिए । मेरो पार्टी कार्यलय आगो लगाएर ध्वस्त गरिदियो । यो सामाजिक फासीवाद हो वा लोकतन्त्र हो ?

० निर्वाचनको घोषणापछि तराईमा अब आगो बल्छ भन्छन् , अवस्था त्यस्तै हो र ?

– मधेसी मोर्चाले यदि आगो बाल्छ भने मधेसकै जनताले हिसाब माग्छन् । अहिलेसम्म कतिजना मान्छे मारेको छ ? किन संविधान निर्माण नगरिकन दशगजामा गएर धाक लगाएर नेपालको साास नै थुन्ने काम ग¥यो ? ९० प्रतिशत भन्दा बढ्ता प्रतिनिधीले घोषणा गरेको संविधान जुन हालते जलाए, त्यही हातले दशौं दिनमा गएर किन शुसील कोइरालालाई भोट हाले ? जतिबेला ५२ जना मधेसका गरिवका छोरालाई यिनीहरुले मारिसकेको थियो , यो हिसाब जनताले किन नखोज्ने ? यि फटाहाहरुले जाउ आन्दोलनमा मर, भोली हाम्रो सरकार आँउछ, हामी तिम्रो परिवारलाई ५० लाख रुपिंया दिन्छु भनेका थिए । यस्तो वाहियात घोषणा गर्नेहरु अहिले फेरि आगो बाल्छु भन्ने ?अब मधेसी जनता उनीहरु जत्तिकै मुर्ख छैन ।

० त्यसोभए शानदार रुपमा मधेसमा निर्वाचन हुनसक्छ ?

– विलकुल हुनसक्छ । यदि भएन भने उनीहरुलाई नै वेफाइदा हुन्छ । उनीहरुको भन्दा पनि मलाई डर सत्ताधारीहरुकै छ । किनकी उनीहरुको अवस्था पनि राम्रो छैन । त्यसैकारण चुनावको डर उसलाई पनि छ । माओवादीको आफ्नै गाइजात्रा छ ।

० तपाइहरुले गर्न लागेको मेचीकाली अभियान को तयारी कस्तो छ ?

–त्यसैको तयारीको सिलशिलामा म मधेसमै थिँए । म आठवटै जिल्लामा घुम्दैछु ।। हरेक जिल्लामा बैठक र भेलाहरु छन् । जनपरिचालनका कमिटीहरुसंग बसेर उनीहरुका कुरा सुन्ने, उनीहरुलाई प्रशिक्षित गर्ने काममा लागेका छौं । प्रदेशभरिको दौडाह छ । हामीलाई हाम्रो प्रदेशमा स्रोत साधन कमी भएकाले अलिकता महंगो भएको छ । कलकारखाना पनि छैन, बजारहरु पनि सुख्खा टाइपका छन् । हाम्रो कार्यकर्ता निर्भर व्यवस्थापन हुन्छ । एकहजार मान्छे स्थायी टिममा रहन्छ । जिल्लाका ५ सय जति थपिन्छन् । उनीहरुलाई हरेक स्थानमा २ छाक खाना खुवाउनुपर्ने, सुताउनुपर्ने हुन्छ । तयारीमा लागेका छौं, हामी सफल गरी छाड्छौं ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah