झापाको कमल र बुद्धशान्ति नगरपालिका सहित नया बनाइएका स्थानीय तहमा जेठ ३१ मा निर्वाचन असम्भव भएको निर्वाचन आयोगले जनाएको छ । सरकारले सोमबार थपेको स्थानीय तहमा जेठ ३१ गते निर्वाचन गर्न असम्भव भएको निर्वाचन आयोग जनाएको छ ।
निर्वाचन आयोगको बिहीबार बसेको बैठकले तराईका २२ जिल्लामा थपिएका तथा परिवर्तन गरिएका गाउँपालिका र नगरपालिकामा जेठ ३१ मै निर्वाचन गर्न असम्भब भएकाले निर्णय पुनर्विचार गर्न आयोगले सरकारलाई आग्रह गरेको छ ।
सरकारले सोमबार तराईका १२ जिल्लाका विराटनगर र वीरगञ्ज उपमहानगरपालिका लाई महानगरपालिका, २४ गाउँगालिकालाई नगरपालिकामा स्तरउन्नती तथा २२ वटा नयाँ गाउँपालिका थप गरेको थियो ।
निर्वाचन आउँन २३ दिन मात्रै बाँकी हुँदा सरकारले गरेको यस्तो निर्णयले करिब ९० स्थानीय तह प्रभावित हुने देखिएको छ ।
“परिवर्तित गाउँपालिका तथा नगरपालिकाको विस्तृत विवरण प्राप्त भएपछि ती गाउँपालिका तथा नगरपालिकाको वडागत तथा मतदान केन्द्रगत विवरण खुलेको मतदाता नामावली तयार गर्न र तयार भएको मतदाता नामावली २०७३ जेठ १५ गतेसम्ममा सम्पूर्ण गाउँपालिका तथा नगरपालिकाको केन्द्रमा पु¥याउन प्राविधिक रुपले असम्भव छ,” बैठक पछि आयोगद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
आयोगले मतदातको परिवर्तित ठेगाना अनुरुप मतदाता परिचयपत्र छपाई गरी जेठ २७ गतेसम्म मतदान केन्द्रमा पु¥याउन नसकिने उल्लेख गरेको छ ।
त्यसैगरी निर्वाचन अधिकृतको नियुक्ति गरी १५ गतेसम्म थपिएका स्थानीय तहमा पठाउन सम्भव नभएकाले सरकारको स्थानीय तह थप गर्ने निर्णय पुनर्विचार गर्न आयोगले आग्रह गरेको छ ।



